साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्रोह

नदीलाई सफा र शुद्ध राखे पो माघे स्नान गर्न सकिन्छ; पूजाको नाममा पूजा सामग्री नदीमा बगाएर नदी प्रदुषित र दुर्गन्धित बनाउनु हुँदैन, भन्नुभएको हैन ।

Nepal Telecom ad

टीकाराम जोशी :

सजिसजाउ महिलाहरूको भीडबाट उम्किएको अनुहारको झलक पाउने बित्तिकै राजले दुवै हात जोडेर नमस्कार गरे र रमातिर फर्केर हेरे । रमाले पनि उनको इशारा बुझैर नै होला दुवै हात जोडेर नमस्कार गरिन् । त्यसपछि राजको पछि पछि लागेर उनले पनि मन्दिरको परिक्रमा पुरा गरिन् ।

दुवैजना सँगै भएर पनि आज उनले रमा आफूबाट टाढा भएको महसुस गरिरहेका थिए ।
“तिमीले टिका लगाएनौ ?” रमाको अनुहारमा वसन्त बहारको कामना गर्दै राजले सोधे ।
“आजदेखि हजुरलाई जे मन पर्छ त्यहि गर्छु भनेकी छु । हजुर खुसी भए सबै थोक पुग्यो मलाई ।” रमाले मुस्कुराउँदै भनिन् ।

अरु बेला उनले चढाउनका लागि मन्दिर बाहिर बेच्न राखेका फूल प्रसादको सानो टोकरी किन्ने गर्थिन् र पुजारीबाट टिका मागेर आफू लगाउँथिन् र उनलाई पनि लगाइ दिन्थिन् ।
“हैन ! मैले पूजा सामग्री किन्नका लागि पैसा दिएको थिए नि ।” राजले मनमा परेको गाँठो फुकाल्न खोजे ।

“नदीलाई सफा र शुद्ध राखे पो माघे स्नान गर्न सकिन्छ; पूजाको नाममा पूजा सामग्री नदीमा बगाएर नदी प्रदुषित र दुर्गन्धित बनाउनु हुँदैन, भन्नुभएको हैन ।” रमाले गम्भीर हुँदै भनिन् ।
“परिवर्तन पीडादायक हुँदो रहेछ ।” राजले मनमनै सोचे ।

०००
टीकापुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खासखुस

खासखुस

टीकाराम जाेशी
मूल्य

मूल्य

टीकाराम जाेशी
नयाँ जमाना

नयाँ जमाना

टीकाराम जाेशी
सुपारी

सुपारी

टीकाराम जाेशी
स्वतन्त्रता

स्वतन्त्रता

टीकाराम जाेशी
मान्छे

मान्छे

टीकाराम जाेशी
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x