साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोहोरो चरित्र

दास दास दास छन् नास मात्र गर्दछन् लास लास लास छन् सास मात्र फेर्दछन् लाज सर्म के छ नै नग्न नाच गर्दछन् दास दास दासमै आर्यघाट पुग्दछन् ।

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

अर्थतन्त्र ध्वस्त छन् सत्यतथ्य छोप्दछन्
खानबस्न खोज्दछन् आफ्नु पेट भर्दछन्
आर्तनाद गर्दछन् कान बन्द पार्दछन्
राष्ट्रवाद भन्दछन् राष्ट्रघात गर्दछन् ।१।

धर्मकर्म छाड्दछन् नग्न नृत्य हेर्दछन्
पढ्न लेख्न खोज्दछन् छिन्नभिन्न पार्दछन्
रोजगार खोजिए अङ्गभङ्ग पार्दछन् ।
राष्ट्रवाद भन्दछन् राष्ट्रघात गर्दछन् ।२।

मार्क्सवाद भन्दछन् आर्त मार पार्दछन्
सुख्ख दिन्छु भन्दछन् दुःख मात्र बाँड्दछन्
मेच आफ्नु खोज्दछन वैरभाव बोक्दछन्
राष्ट्रवाद भन्दछन् राष्ट्रघात गर्दछन् ।३।

लोकतन्त्र भन्दछन् चैन आफ्नु खोज्दछन्
चोर्नु मात्र भन्दछन् संविधान पोल्दछन्
दण्डहीन देश भो हातपाउ गल्दछन्
राष्ट्रवाद भन्दछन् राष्ट्रघात गर्दछन् ।४।

दास दास दास छन् नास मात्र गर्दछन्
लास लास लास छन् सास मात्र फेर्दछन्
लाज सर्म के छ नै नग्न नाच गर्दछन्
दास दास दासमै आर्यघाट पुग्दछन् ।५।

देश शून्य पार्दछन् पुण्य गर्छु भन्दछन्
आयस्रोत बेच्दछन् चाकरी छ मस्त छन्
चण्डमुण्ड साथमा दाम झार्न व्यस्त छन्
राष्ट्रवाद भन्दछन् राष्ट्रघात गर्दछन् ।६।

टाउके र लाउके भित्र भित्र मिल्दछन् ।
साउँ ब्याज खान ती दाउ मात्र गर्दछन्
राहु केतु देशका देश बेच्न खोज्दछन्
हान्छु खान्छु भन्दछन् छक्क छक्क पार्दछन् ।७।

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
तर खाने

तर खाने

भगवतीप्रसाद शर्मा
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x