फित्काैली डटकमभैरव स्मृति सम्मान हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछानेलाई
२१ हजार १ सय ११ रुपैयाँ राशिको सो सम्मानबाट यसअघि सञ्जय साह मित्र, हरिकला उप्रेती, राजकुमार लामिछाने, धुर्मस सुन्तली फाउण्डेशन, मनोज गजुरेल, चट्याङमास्टर आदि सम्मानित भइसक्नु भएको छ ।

मकवानपुर, २०८० माघ २७ । साहित्य सङ्गम मकवानपुर एवम् सिस्नुपानी नेपाल मकवानपुरद्वारा संयुक्त समर्पण गरिने भैरव अर्याल स्मृति सम्मान २०८० बाट मकवानपुरे हास्यव्यङ्ग्य स्रष्टा मीनप्रसाद लामिछानेलाई समर्पण गरिने भएको छ ।
२१ हजार १ सय ११ रुपैयाँ राशिको सो सम्मानबाट यसअघि सञ्जय साह मित्र, हरिकला उप्रेती, राजकुमार लामिछाने, धुर्मस सुन्तली फाउण्डेशन, मनोज गजुरेल, चट्याङमास्टर आदि सम्मानित भइसक्नु भएको छ ।
साहित्य सङ्गम मकवानपुरले व्यवस्थापन गरिरहेको पुष्पलाल स्मृति पुस्तकालयमा सरस्वती पूजाको दिन अध्ययन संस्कृति सम्बन्धमा बहस कार्यक्रम आयोजना गर्ने भएको छ । बहसमा पत्रकार, पुस्तकालय अभियन्ता, प्रधानाध्यापक तथा साहित्यिक पुस्तक अध्ययनमा संलग्न विद्यार्थी तथा सर्जकहरू सहभागी हुने आयोजकले बताएको छ ।
साहित्य सङ्गम मकवानपुरका सल्लाहकार तुल्सी घिमिरेको कविता सङ्ग्रह ‘माटोको मोह’ विमोचन हुने भएको छ । ३४०औं साहित्य सन्ध्याका क्रममा फागुन १२ गते विमोचन तथा कृति परिचर्चा कार्यक्रम गरिने सङ्गमका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनु भएको छ ।
०००
– संप्रस पाैडेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest








































