साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरु ब्याए

विज्ञानलाई पनि फेल ख्वाए थारै बसे गौ तर गोरु ब्याए । संस्कार सक्ने धमिराहरू छन् ढिस्का उठाए गिरिशैलझैँ झन् नाराहरूमा दरबार चल्छ झुप्राहरूमा अनिकाल जल्छ ।

Nepal Telecom ad

बिन्दु दहाल ‘मुकदर्शक’ :

कामै नलाग्ने पदमा बसेका
बाक्लो खरानी तिनले घसेका
फेरी लगाई नित गाउँ डुल्छन्
गोही छुचुन्द्रा घरभित्र हुल्छन् ।

बोल्दैन मान्छे तर बोल्छ पैसा
जोगी पुरानै धनधान्य ऐसा
बिक्छन् युवा यी युवती मजाले
काला चमेरा नित उड्न थाले ।

यो घाम कालो अनि जून कालो
बत्ती निभाएपछि झन् उज्यालो
विज्ञानलाई पनि फेल ख्वाए
थारै बसे गौ तर गोरु ब्याए ।

संस्कार सक्ने धमिराहरू छन्
ढिस्का उठाए गिरिशैलझैँ झन्
नाराहरूमा दरबार चल्छ
झुप्राहरूमा अनिकाल जल्छ ।

छ्या लाजमर्दो गजको छ ताँती
छन् माउते झन् असती नजाती
माडेर बाली धनसार खाए
नेपाल खोक्रो यिनले बनाए ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x