साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा आमा

नेपालीजनका हरेक घरका, सन्तान छन् बाहिर। यस्तो चाल बढ्यो खुबै यदि भने, रित्ता हुनेछन् घर ।। पाका मानिसका र निम्न जनका, गर्ला र को आदर ?। साह्रै जीर्ण हुँदा कमाइ नहुँदा, मिल्ला र के चादर ?।।

Nepal Telecom ad

के.पी.पौडेल :

आमा बा घरका हिरा र मणि हुन्, संसारका श्रेष्ठ हुन् ।
गर्छन् त्याग ठुला उदार मनले, जस्तै कडा स्वार्थ हुन् ।।
गर्छन् कर्म मरी मरी पनि कठै, बित्ला जुनी आखिर ।
पोख्छन् जीवनका सबै पलहरू, सन्तानका खातिर ।।-१

बा आमा जनका व्यथा कम हुने, होला र के माध्यम ?।
पाका मानिसमा दया खुस दिने , छैनन् भला आश्रम ।।
बाधा विघ्न अभावका कहरले, माता पिता वाक्क छन् ।
पुत्री पुत्र बधू समस्त घरका, टाढै बसौँ भन्दछन् ।।-२

यस्ता सत्य यथार्थका रस कथा, अध्याय दृष्टान्त हुन् ।
हाम्रा सन्ततिले बुझून् सब कुरा, अज्ञान सारा हटून् ।।
सारा तत्त्व पदार्थ चिन्मय छटा, को सक्छ पट्ट्याउन ?।
बा आमा भव हुन् भनेर नचिने, होला वृथा जीवन ।।-३

जन्मन्छन् नर गर्भबाट कसरी, गर्दै अहो! रोदन।
के गर्दा सुखशान्ति मिल्दछ भनी, गर्दै हिँडून् शोधन ।।
हाम्रा सन्तति भाग्दछन पर भने, पाका रहून् के गरी ?।
सारा कष्ट हटाउने सुत सुता, जागा बनून् बेसरी ।।-४

नेपालीजनका हरेक घरका, सन्तान छन् बाहिर।
यस्तो चाल बढ्यो खुबै यदि भने, रित्ता हुनेछन् घर ।।
पाका मानिसका र निम्न जनका, गर्ला र को आदर ?।
साह्रै जीर्ण हुँदा कमाइ नहुँदा, मिल्ला र के चादर ?।।-५

०००
बट्टार,नुवाकोट हाल: बालाजु,काठमाडौं
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x