टीकाराम जाेशीखासखुस
जानिबुझिकनै केही वक्ताहरूको पालो अन्ततिर राखिन्छ । रमेशले मनमनै भन्यो । मन्तव्यको बीचमा मनोरञ्जन गर्न चुट्किला, व्यङ्ग्य कविता, मुक्तक आदिको प्रस्तुति भइरहेको थियो ।

टीकाराम जोशी :
विशेष निम्ता पाएका अतिथि गणको आगमन शुरु भएको थियो। कार्यक्रम सञ्चालकले तिनीहरूलाई हलमा सहभागीहरूको सन्तोषजनक उपस्थिति पुगेको सन्देश दिएको परिणाम थियो त्यो ।
“हाम्रो यहाँ कुनैपनि कार्यक्रम एकाध घण्टा ढिलो शुरु हुनु सामान्य जस्तै मानिन्छ ।” फ्रेडको बेचैनीलाई कम गर्न रमेशले भन्यो ।
“नेपाली टाइम !” फ्रेडले मुस्काउँदै भन्यो ।
फ्रेडले सहीरूपमा अर्थ्याएको थियो । तर गान्टे भनि बोलाउने गरेको छोरालाई अरु कसैले गान्टे भनि बोलाउँदा कस्तो लाग्ला ?
रमेश खिसिक्क हाँस्यो ।
त्यतिबेलासम्म कार्यक्रम सञ्चालकबाट ढिलो भएकोमा माफिनामा र स्पष्टिकरणमा प्रमुख अतिथिको कार्य व्यस्तता रहेको कुरा पेश भईसकेको थियो । स्वागत भाषणपछि प्रमूख अतिथिबाट सम्बोधन हुने घोषणा सुनियो । आजभोलि प्रमुख अतिथिले आफ्नो भाषणको समाप्तिमा विनम्र भएर बिदाई माग्ने कारण बताउनु पनि चलनमा आइसकेको थियो। प्रमुख अतिथिले बिदाइ मागे । फेरि विशिष्ट अतिथिले पनि आफ्नो भाषण सकाएर साइड ब्याग काँधमा भिर्दै बाहिरिने गरे ।
फ्रेडले विशिष्ट दीर्घामा नजर दौडायो । एकाधले कुर्सी ओगटेको देख्यो । उसले रमेशलाई प्रश्नार्थक नजरले हेर्यो ।
“तिनीहरूको पालो अन्ततिर राखिएको छ ।” रमेशले भन्यो ।
जानिबुझिकनै केही वक्ताहरूको पालो अन्ततिर राखिन्छ । रमेशले मनमनै भन्यो ।
मन्तव्यको बीचमा मनोरञ्जन गर्न चुट्किला, व्यङ्ग्य कविता, मुक्तक आदिको प्रस्तुति भइरहेको थियो ।
यता सहभागी दीर्घामा बसेका श्रोताहरूबीच खुसुरपसुर बढिरहेको थियो । फ्रेड फेरि केही सोध्ने मुडमा देखियो।
कारण अनेक छन् । उसले सोच्यो । सकारात्मक उत्तर के हुन सक्छ ? रमेश एकछिन घोरियो र भन्यो ।
“तिनीहरू मनका गाँठा फुकाउँदैछन् ।”
०००
टीकापुर ।
Subscribe
Login
0 Comments
Oldest






































