साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविलाई श्रीमतीको गुनासो

वास्ता छैन सधैँ सधैँ कवि बनी लेखेर के हुन्छ र ? तिम्रा ती कविता तथा गजलले खाँचो यहाँ टर्छ र ? यस्तै चाल सधैं भयो यदि भने गाह्रो मलाई सधैँ पर्छौ मख्ख सदैव लेखिरहँदा के भन्नु मैले र खै ? ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

घोत्लिन्छौ किन हो तिमी हरघडी कोर्दै सधैं कागज
कैल्हे देख्छु खुसी मुहार हँसिलो हुन्छौ कि झैं पागल
एक्लै नै पनि बोल्दछौ त कहिले मुस्कान छर्दै अनि
भन्छौ छन्द र भाव मिल्छ यसमा के बुझ्नु मैले पनि ।१।

छोरा गर्दछ के र पुग्दछ कता कस्तो छ खै सङ्गत ?
छोरीको पनि के छ हाल घरमा गर्ली कतै हुर्मत ?
यस्ता काम कुरा अनेक कति छन् क्यै छैन खै मत्लव !
लेख्छौ मात्र सधैँ अनेक कविता बन्छौ कतै वाचक ।२।

तिम्रो निम्ति सदैव लाग्छ कविता ब्रम्हाण्ड भन्दा ठुलो
हुन्छौ झन् कहिले पुरस्कृत तिमी मान्छौ अझै त्यो ठुलो
के के छन् व्यवहार भित्र घरका खाना र नाना छ के ?
चासो छैन हरे न बाहिर तिरै प्रभाव कस्तो छ रे ? ।३।

वास्ता छैन सधैँ सधैँ कवि बनी लेखेर के हुन्छ र ?
तिम्रा ती कविता तथा गजलले खाँचो यहाँ टर्छ र ?
यस्तै चाल सधैं भयो यदि भने गाह्रो मलाई सधैँ
पर्छौ मख्ख सदैव लेखिरहँदा के भन्नु मैले र खै ? ।४।

लेख्ने काम गरेर मात्र नहुने छन् काम धेरै अरू
धेरै छन् व्यवहार हेर घरका के मात्र मैले गरूँ
भन्ने गर्छु सदैव दिक्क म हुँदै चौतर्फ हेर्ने गर
यो सल्लाह सदैव दिन्छु उनले मान्दै नमान्ने तर ।५।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x