साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भए पुग्छ साथ

छ अर्को ठुलो मित्र यो रक्तचाप बनेको छ आत्मीय सम्बन्ध खास घरी बढ्छ ह्वात्तै झिकी उग्रपारा यिनै लाग्छ ज्यादै हितैषी पियारा ।

Nepal Telecom ad

कल्पना अधिकारी :

बुढ्यौली अवस्था छ साह्रै मजाको
न चिन्ता यताको न चिन्ता उताको
सबैकाम हल्का भएको छ आज
छ आराम आराममा यो दिमाग ।१।

बसेको छ छोरो विदेशी धरामा
कमाई छ राम्रो निजी पाखुरामा
छ जापान छोरी गरेकी छ काम
उतै दुःख गर्छे मिलेकै छ दाम ।२।

छ नेपालमा एक बस्ने व्यवस्था
छ मानौँ असाध्यै मिलेको अवस्था
चिनी रोगले साथ छोड्दैन मेरो
उही रात कालो, बिहानी उज्यालो ।३।

छ अर्को ठुलो मित्र यो रक्तचाप
बनेको छ आत्मीय सम्बन्ध खास
घरी बढ्छ ह्वात्तै झिकी उग्रपारा
यिनै लाग्छ ज्यादै हितैषी पियारा ।४।

थिइन् सङ्गिनी चट्ट छोडिन् मलाई
परम् धामको गर्न लागिन् भलाइ
खुशी नै छु जे जे मिलेको छ हात
उनै कृष्णराधा भए पुग्छ साथ ।५।

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

बुढ्यौली अवस्था कति बेमजाको !
अनेकौं व्यथाले मचाए रडाको
न सपना देखिन्छन् भोलिका उज्याला
जीवन हो यो कस्तो अनौठो तमासा ।।

निराशा यता छन् उता छन् निराशा
न सन्तान दिन्छन् बलियो भरोसा
न छन् इष्टमित्र अत्यन्तै घनिष्ठ
नजिकै छ मृत्यु। कहालिन्छ चित्त ।।

Nepal Telecom ad
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
1
0
Would love your thoughts, please comment.x
()
x