टीकाराम जाेशीमूल्य
“तिम्रो हेलाँ किन भएको हो थाह छ ।” टमिले भन्यो । “तिम्रा कारणले हो नि ।” मोतिले भन्यो । “होइन, तिम्रो मूल्य नहुनाले हो ।” टमिले घरमालिकको छेवैमा बस्दै भन्यो ।

टीकाराम जोशी :
“तिमी मेरो ठाउँमा किन आयौ ?” मोतिले भन्यो ।
“म आफैँ आएको होइन, मलाई यहाँ तिम्रा घरमालिकले ल्याएको हो ।” टमिले भन्यो ।
“तिमीले आफ्नो जातको नियम मिच्यौ । बाहिरियाले मुखिया भएर बस्न पाइँदैन भन्ने तिमीलाई थाहा हुनुपर्ने ।” मोतिले भन्यो ।
“हामी तिमीहरू जस्ता होइनौ । हामीलाई नयाँ ठाउँमा गएर रजगज गर्नलाई नै विकास गरिएको छ ।” टमिले फुर्ति झाड्यो।
“चुप मोति, चुप ।” घरमालिकले मोतिलाई हकार्यो ।
घरमालिकले टमिलाई राजकीय सम्मान दिएको देखेर मोति निरास भयो ।
“तिम्रो हेलाँ किन भएको हो थाह छ ।” टमिले भन्यो ।
“तिम्रा कारणले हो नि ।” मोतिले भन्यो ।
“होइन, तिम्रो मूल्य नहुनाले हो ।” टमिले घरमालिकको छेवैमा बस्दै भन्यो ।
०००
टीकापुर
Subscribe
Login
0 Comments
Oldest






































