साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भर्ना गरेर आएँ

मेरो कथा यहाँमा बिस्तारमा सुनाएँ लेख्लान् भविष्य राम्रो, भर्ना गरेर आएँ । के खानु साँझ प्रातः पाइन्न काम खोज्दा फल्दैन अन्न बाली पानी कुलो नचल्दा स्वार्थान्ध राज्य सत्ता धिक्कार हो सुनाएँ नाङ्गो बनेँ म आफू, भर्ना गरेर आएँ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

शिक्षा ठुलो जगत्को आँखा भनी चिनेर
सन्तानको सुशिक्षा राम्रो हवस् भनेर
प्रज्ञान धाम राम्रो खोजी प्रशस्त धाएँ
आफ्ना सबै व्यथाका पोका त्यहाँ फिँजाएँ ।१

शिक्षा र स्वास्थ्य हेर्ने दायित्व राज्यको हो
हाम्रो मुली भनेको संयन्त्र राज्य यो हो
ज्ञातव्य यी कुरामा घोत्लेर नै अघाएँ
भर्नार्थ भोगिएको वृत्तान्त यो सुनाएँ ।२

गाडी चढेर जाँदा रोगी हुँदा निदाएँ
टाढा निकै हुनाले गन्तव्यमै हराएँ
खोजेर एक अग्लो चिल्लो कलेज पाएँ
भाषा थियो विभेदी बोली सुनी डराएँ ।३

सस्तो छ शुल्क भन्थे सुन्दा भएँ अचम्म
मानेर शुल्क चर्को धाएँ म दूरसम्म
सारा घुमेँ नभेटी फर्की घुमेर आएँ
जस्तो भने उसैमा ल्याप्चे सही लगाएँ ।४

झोला किनेँ महङ्गो कापी थिए अमूल्य
सन्तानको भविष्य लेखिन्छ तुल्य तुल्य
निःशुल्क हुन्छ भन्थे शिक्षा तथा सुरक्षा
सन्तानको सुशिक्षा आएन खै व्यवस्था ।५

सानो छ खेतबारी के राख्नु खै धरौटी
सन्तान नेत्र हाम्रा के पार्नु खै पछौटी
मेरो कथा यहाँमा बिस्तारमा सुनाएँ
लेख्लान् भविष्य राम्रो, भर्ना गरेर आएँ ।६

के खानु साँझ प्रातः पाइन्न काम खोज्दा
फल्दैन अन्न बाली पानी कुलो नचल्दा
स्वार्थान्ध राज्य सत्ता धिक्कार हो सुनाएँ
नाङ्गो बनेँ म आफू, भर्ना गरेर आएँ । ७

०००
हाल बैजनाथ १- चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

नरनाथ लुइँटेल
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x