कृष्ण प्रधानम फुटबल खेल्दिनँ
(कर्कश स्वरमा) म किन फुटबल खेल्न चाहन्नँ... किन आई हेट फुटबल... त्यसको कारण तिमीहरू सुन्न चाहन्छौँ ? टेल मी । डु यू वाण्ट टु नो वाट रिजाइन बिहाण्ड दिस । डू यू वाण्ट ?

कृष्ण प्रधान :
पात्रहरू- आयुष, प्रवीण, नवीन, टीका, हरि, प्रताप (प्रवीणका पिता), प्रमिला (प्रवीणकी आमा)
(दृश्य विवरण – सातौँ/आठौँ श्रेणीका विद्यार्थीहरू आ-आफ्नो हाउसको ड्रेस लगाएर फुटबल ग्राउण्डमा आफ्नै साथी प्रवीणलाई पर्खिरहेका छन् । किनभने प्रवीणसित आफ्नो निजी फुटबल छ । प्रवीणले फुटबल ल्याएन भने वा आएन भने उनीहरू फुटबल खेल्न सक्दैनन्)
आयुष – (नियास्रो मन लिएर) खै प्रवीण अहिलेसम्म पनि आइपुगेन ता गाइज् । आज आउँदैन कि क्या हो ?
नवीन – त्यै त । अरु बेला त्यो सबैभन्दा पहिल्यै फुटबल लिएर आइपुग्ने। ट्युसन गयो कि ।
टीका – ट्युसन छैन आज । कि त्यसलाई घरबाट आउनु दिएन कि !
आयुष – किन नदिनु ? त्यसका ड्याडले त्यसलाई फुटबलर होस् भन्ने कस्तो चाहना राखेका छन् । कति इन्करेज गर्छन् । हाम्रा ड्याड र ममहरू जस्ता ता कहाँ हुन् र परैका ड्याड !
हरि – अरे ! मैले एउटा नयाँ बुट किनिमागेको बुटको दाम भन्दा धेर ता बूढोको गनगन सुनिसके यार । मेरो बुटको गति हेरिस् भने छक्कै पर्छस् गाइज…छक्कै पर्छस् ।
नवीन – अरे ! मलाई ता हाम्रा ड्याडले फुटबल खेल्नु ता खेल तर हात-खुट्टा भाँचेर आइस् भने सिभिल अस्पतालमा लगेर फ्याँकिराखी दिन्छु भन्छन् यार । त्यो हेरी प्रवीणलाई स्वर्गीय सुख छ नि हौ । टीका-बुट पनि देखिनस् त्यसको कस्तो दामी छ नि अन्त । यस्तो बुट ता हामीले कहाँबाट पाउनु ?
आयुष – लिसन् ! लिसन् ! अरे मैले एउटा नयाँ बुट किनिमागेको बूढोले ल म तलाईँ तल बस्तीबाट ठूलो बेलायती फर्सी ल्याइदिन्छु भनेरै टारे अन्त । इन फ्याक्ट…हाम्रा बूढाको कानको एण्टिना लुज भाको छ कि अन्त जर्सी भनेको फर्सी भनेको सुनेछन् अन्त ।
हरि – (मरिमरि हाँस्दै) हाउ फन्नी। फर्सी लगाएर फुटबल खेल्नु अरे !
आयुष – तेरा ड्याडले पक्कै पनि सानामा कि ता फर्सी लगाएर होइन भने सुङ्गुरको फुकुण्डोको फुटबल खेलेका हुनुपर्छ । (सबै गलललल…हाँस्छन्) ।
आयुष – (सामान्य लज्जालु भावमा) सेट… त्यति साह्रो ता नभन् न हौ भन्नु पायो भन्दैमा ।
टीका – होइन, भन्नु उसो होइन कि यी बूढाहरूले हाम्रो मर्म नै बुझिदिँदैनन् । तर पनि कतिवटा कुराहरूमा हामीले उनीहरूसित कम्प्रोमाइज गरिदिनैपर्छ । सबैका ड्याड-मम् प्रवीणका ड्याड र मम् जस्ता हुँदैनन् । फाइभ फिङ्गर्स आर नट इक्वल । प्रवीणका ड्याड ममले फुटबलको महत्त्व बुझेका छन् र ता प्रवीणलाई फुटबल खेल्ने बुटदेखि लिएर दामी-दामी फुटबल बुट, जर्सी किनिदिन्छन् ।
हरि – अभियसली । प्यारेण्टसको आ-आफ्नै निजी सोंच र विचार हुन्छ ।
आयुष – (नेपथ्यतिर हेर्दै) प्रवीण आयो… प्रवीण आयो (सबै खुसीले उफ्रिन्छन्) हिपिप् हुर्रे प्रवीण… हिपिप् हुर्रे प्रवीण… वेल्कम आउर टिम क्यापटन । (नियास्रो मुख लाएर प्रवीणको मञ्चमा प्रवेश)।
नवीन – (छक्कै परेर) अरे प्रवीण वाट ह्यापण्ड गाइज । यसको अनुहार ता हावा फुस्केको बेलुन जस्तो पो स्याप्पै सुकेको छ त हँ! कि खाइस् कि क्या हो बूढाको पेनाल्टी शट ?
टीका – शट् अप ! शट अप… प्लिज किप साइलेन्स् । तिमीहरू प्रत्येक कुरालाई नेगेटिभ मात्रै किन लिन्छस् हँ ? पहिले ट्राइ टु अण्डरस्टाण्ड वाट प्रोब्लेम इज हि फेसिङ ? (प्रवीणलाई अँगालो हाल्दै) आइज बस प्रवीण। कम एण्ट सिट । के भयो भन ता गाइज ।
हरि – खै फुटबल ल्याइनस् ? (निन्याउरो मुख लाएर ब्यागबाट हावा फुस्केको फुटबल निकालेर साथीहरूलाई देखाउँछ । सबै एकक्षण छक्कै पर्छन्) ।
आयुष – (हावा फुस्केको फुटबल समात्दै) ओ माई गड ! वाट इज दिस्? (यतिकैमा सबै साथीहरू एकसाथ) कसले हावा फुस्कायो यसको ? वाट इज दिस प्रवीण । (प्रवीण घोप्टो परेर नबोली बस्छ)…
टीका – जौँ बलमा हावा हालेर ल्याऊँ ।
प्रवीण – (रुञ्चे स्वरमा) नो…डण्ट गो गाइज… अब यसको हावा कहिल्यै भरिँदैन । मेरो फुटबलमा हावा कहिल्यै भरिँदैन… नेभर । आई एम भरी सरी माई गाइज् भेरी सरी (रुन्छ) ।
हरि – छ्या ! लेडिजजस्तो बरर आँसु झारी नहाल् न एई प्रवीण ।
टीका – (निकै झोंक्किएर फुटबल चारैतिर फर्काएर हेर्दै) कसले तेरो यति दामी फुटबलको हावा निकालिदियो ? भन् त… प्रवीण कसले गर्यो यो ?
आय़ुष- (झोंक्किएर) प्रवीण से मी…कसले यस्तो गऱ्यो (फुटबल समात्दै) ? नडराई भन्… से मी… त्यसको हात खुट्टा भाँचिदिन्छु)
नवीन – एई रामदेव बाबा ! तँ एकदम नबोल किप् क्वाइट… अब यसले फुटबललाई अनुलोम-विलोम गर् भन्छ । यसैलाई आउँदोरहेछ किसिम कुरा आमामामा…
हरि – (फुटबल चारैतिर हेर्दै) अरे… यसको हावा होइन यसमा ता कुनै सुइरोले कि चाहिँ तिखो चिजले र्वाम-र्वाम् रोप जस्तो छ नि !
टीका – (फुटबल समाई चारैतिर हेर्दै) अप्पुइ ! हो ता रहेछ । पहिले यसली सिलाउनुपर्छ ।
प्रवीण – (रुला रुलाजस्तो स्वरमा) गाइज ! यो फुटबललाई अब केही गरेर पनि हुँदैन । यो फुटबलको दाह संस्कार गर्नु आएको छु म यहाँ । (ब्यागबाट सलाइको डब्बा र मट्टितेलको बोतल निकाल्दै अनि हिक्क हिक्क रुँदै) आज यही ग्राउण्डमा यो मैले ल्याएको सलाइ र मट्टितेलले मेरा ड्य़ाडले किनिदिएका यो फुटबलको अन्तिम संस्कार गर्न चाहुन्छु तिमीहरूलाई विटनेस राखेर ।
सबै – (एकसाथ चिच्याएर) प्रवीण! तँ पागल ता भइनस्?
आयुष – (प्रवीणको हातबाट सलाइको डब्बा र मट्टितेलको बोतल खोस्दै) खै यहाँ ले तेरो माचिसको डब्बा र मट्टितेलको बोतल । भेरी ब्याड (फुटबल खोस्दै) यो फुटबलमा हाम्रो शक्ति छ । स्वामी विवेकानन्दले फुटबल…
नवीन – (कुरा काट्दै) फेरि निर्मल बाबा बाल्यो है । …..प्लिज किप क्वाइट ।
हरि – प्रवीण ! वाट इज योर प्रब्लेम ? टेल अस फ्रयाङ्कली ब्र । (प्रवीण हिक्क हिक्क रोइ नै रहेको छ) ह्वाइ आर यू क्राइङ् ।
प्रवीण – प्लिज डोण्ट डिस्टर्ब मी । लिभ मी अलोन । (टीकाको काँधमा घोप्टो परी हिक्क हिक्क रुन्छ)
टीका – (प्रवीणको पिँठ्यू मुसार्दै) डोण्ट क्राइ प्रवीण ।
प्रवीण – (रुँदै) टीका ! मलाई आज रुन दे । लेट मी क्राइ । तिमीहरूको सामु म आज भक्कानो फुटाएर रुन चाहन्छु । लेट मी क्राइ फ्रिलि गाइज । म जति रुन्छु त्यति मभित्र गुम्सेर बसेका पीर-मर्काका गाँठाहरू एक-एक वटा बाहिर निस्कन्छन् । देन आई वील रिल्याक्स । सो लेट मी क्राइ ।
हरि – यू आर हण्ड्रेड पर्सेण्ट राइट । यू क्यान क्राइ । बट… हाम्रो पनि ता अधिकार छ हाम्रो साथी कस्तो समस्यामा परिरहेको छ सो बारे जानकारी लिने ।
नवीन – मेरोमा प्लाष्टिकको बल छ… त्यो लिएर आऊँ ? त्यै बलले खेलुँ न आज हुन्न ?
प्रवीण – (रुँदै) गाइज ! तिमीहरू खेल । अबदेखि म जीवनमा कहिल्यै फुटबल खेल्दिनँ ।
आयुष – बट ह्वाई ! तँ फुटबल खेल्दैनस् ? अचम्म !
टीका – के कारणले तँ फुटबल खेल्दैननस् ?
प्रवीण – (टाउकोमा हात राख्दै) स्टप…स्टप…टपिक चेञ्ज…प्लिज ।
हरि – हाम्रो फुटबल टिमबाट हामी हामी हाम्रो साथीलाई मिस गर्न चाहन्नौँ ।
नवीन – नाथे यो चमड़ाको फुटबलले तेरो कि बिगारिदियो भन् ता ?
आयुष – हाम्रो खुट्टामा नाच्ने यो तुच्छ वस्तुसित तैँले सिङ जोराउनु खोजेको प्रवीण ?
प्रवीण – सी माई गाइज ! तिमीहरूले बाह्र बत्तीसका जति नै कुरा गरे पनि जति नै मलाई जबरजस्ती गरे पनि आजदेखि म फुटबल खेल्दिनँ, खेल्दिनँ, एक खेल्दिनँ, दुइ खेल्दिनँ तीन खेल्दिनँ। दिस इज माई लाष्ट एण्ड फाइनल डिसिसन ।
सबै – (समवेत स्वरमा) किन? किन?किन? ह्वाई ? ह्वाई ? ह्वाई ?
प्रवीण – (चिच्याएर) शट अप । किप क्वाइट। डोण्ट मेक अ नोइज । आई हेट फुटबल । आई हेट ब्लाडी फुटबल ।(हावा फुस्किसकेको फुटबललाई भूइँमा पछार्छ)
आयुष – ओके…तैले यो फुटबललाई होइन बट तैँले हामीलाई नै हेट गर्दैछस् ।
प्रवीण – (आयुषलाई अँगालो मारेर) नो…नो..नेभर । आई लभ यू अल फरम् माई बटम अफ दि हर्ट। तिमीहरूलाई हेट गर्नु ता के म मेरा साथीहरूलाई कदाचित् भुल्न र बिर्सन सक्दिनँ । रेमेम्बर गाइज ! म सधैँ ग्राउण्डमा आउँछु… तिमीहरूसितै हुन्छु । तिमीहरूले गोल गर्दा म मैदान बाहिरै बसेर खुसी रमाउँछु । उफ्रिन्छु । ग्राउण्ड बाहिरै बसेर म तिमीहरूलाई चियर अप गर्छु । तिमीहरू कसैले पनि गोल गरेको खण्डमा स्कोरलाई धाप मार्छु… सके बोकेर ग्राउण्ड वरिपरि घुमाउँछु । बट आई नेभर प्ले फुटबल । इन फ्याक्ट…फरम् नाउ आई नेभर टच दिस ब्लाडी फुटबल ।
आयुष – (प्रवीणको घाँटी अँठ्याउँदै) किन खेल्दैनस फुटबल ? तैले फुटबल खेल्नैपर्छ । तँ हाम्रो टिम क्यापटेन मात्र होइन फुटबलके मालिक पनि होस् । अण्टरस्टाण्ड ? यु मष्ट प्ले फुटबल ।
प्रवीण – (प्रवीणलाई धकेल्दै) नो… नो… आई वोण्ट प्ले फुटबल । बिकज आई हेट फुटबल फरम् माई कोर अफ हर्ट ।
सबै – (समवेत स्वरमा) ह्वाई ? ह्वाई यू डोण्ट वाण्ट टु प्ले फुटबल ?
प्रवीण – (कर्कश स्वरमा) म किन फुटबल खेल्न चाहन्नँ… किन आई हेट फुटबल… त्यसको कारण तिमीहरू सुन्न चाहन्छौँ ? टेल मी । डु यू वाण्ट टु नो वाट रिजाइन बिहाण्ड दिस । डू यू वाण्ट ?
सबै – (समवेत स्वरमा) अभियसली। त्यसो भए लिसन माई गाइज् ।
०००
सिलगुरी
Subscribe
Login
0 Comments
Oldest








































