साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्रको विकल्प छैन

राजा हो यो सबल सब ती तन्त्रमा लोकतन्त्र । अर्को राम्रो सफल र गुणी छैन कोही विकल्प ॥ नेता जाली कमसल परे फाल्नलाई सकिन्छ । प्यारो मान्छे असल अगुवा छान्नलाई सकिन्छ ॥

Nepal Telecom ad

देव भट्टराई :

जस्ता हुन्छन् जमिन,जनता हुन्छ नेता दुरुस्तै ।
खोजी गर्दा असल मतिको व्यक्ति पाइन्छ ठ्याक्कै ॥
राम्रो छान्ने शुभमन भए भोट हाल्दा विचार ।
साँचो सङ्लो मन मुटुविना मिल्छ के को जुहार ?०१

आफैँ हालीकन सहजिलो चोरलाई भर्‍याङ ।
चोर्‍यो भन्छौ अनि पछि खुदै उठ्छ हाँसो तरङ्ग ॥
खन्यू रोपी मधुमय मिठो फल्छ काहाँ जुनार ?
थैली आफ्नू मजबुत गरी माग्नुहोला गुहार ॥०२

हेर्दा बेग्लै गुण र क्षमता हुन्छ राम्रो-नराम्रो ।
कस्तो छान्ने ? अलिकति यही हातमा हुन्छ हाम्रो ॥
आँखा चिम्ली मन-मत दिँदा तर्क हुन्नन् दिनेका ।
केही गाथा अब सुन तिमी भन्छु मैले सुनेका ॥०३

कोही भन्छन् म त हुँ असली स्वच्छ नेता सबैको ।
कोही भन्छन् प्रियकर नयाँ बन्छु साथी सधैँको ॥
साडी चोलो फल र फरियाँ खाद्य बाँड्छन् कसैले ।
जाली झेली अभिनय भनी चिन्नुहोला सबैले ॥०४

ठूला मीठा अमृतसरिका बात गर्छन् विकाशे ।
अर्को आई नरम स्वरमा गर्छ खेती अकासे ॥
खानानाना सुख र सुविधा दिन्छु भन्नेहरू छन् ।
शिक्षा सित्तैँ हरघरघरै स्वास्थ्य सेवा दिने छन् ॥०५

झूठा हुन् ती बरमझियनी शुद्ध पेडा र बाजे ।
सोची सम्झी मन-मत दिनू बात मान्दै-नमाने ॥
नौलो जोगी तनभरि अझै घस्छ धेरै खरानी ।
हेर्दा राम्रो अलिपछि उही हुन्छ बढ्ता हरामी ॥०६

राजा हो यो सबल सब ती तन्त्रमा लोकतन्त्र ।
अर्को राम्रो सफल र गुणी छैन कोही विकल्प ॥
नेता जाली कमसल परे फाल्नलाई सकिन्छ ।
प्यारो मान्छे असल अगुवा छान्नलाई सकिन्छ ॥०७

०००
भोजपुर, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म के गरूँ ?

म के गरूँ ?

देव भट्टराई (२)
अतिको महिमा

अतिको महिमा

देव भट्टराई (२)
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
हाम्रै हातमा छ

हाम्रै हातमा छ

देव भट्टराई (२)
खै के होला ?

खै के होला ?

देव भट्टराई (२)
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x