साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अतिको महिमा

कविले कविता अति लेख्न सके । कति हुन्छ मजा भनिसाध्य छ के ? व्यवसाय गरे पनि थोक गरौँ । ढुकुटीसँगमा हरजेप भरौँ ॥ खुजुरा र झिना-मसिनापनले । यतिकै बितिहाल्छ कठै ! समय ॥

Nepal Telecom ad

देव भट्टराई :

अतिको जति को ? बदनाम छ र ?
अतिले क्षति गर्छ भनिन्छ तर ॥
अतिबुद्धि भए कति हुन्छ मजा ?
अतिशान्ति भए छ कहाँ नमजा ?०१

अतिचार गरे अतिवाद धरे ।
शुभकार्य छली ढिलढाल गरे ॥
अनि पो अतिले क्षति गर्छ यहाँ ।
अपकर्म त पूजित हुन्छ कहाँ ?०२

अति हुन्न कहीँ मृदु प्रेम भरे ।
नव ज्ञान तथा नव बीज छरे ॥
जति नै पिरती गर हुन्न अति ।
जनजीवनमा न त गर्छ खती ॥ ०३

जलको अतिरूप समुद्र भयो ।
हिउँको अतिरूप हिमाल छ त्यो ॥
सबका प्रिय छन् दुइटै उतिकै ॥
मनमोहक छन् प्रियसी जतिकै ॥ ०४

अति ठाउँबिसे अति शक्तिबिसे ।
हुनसक्छ उही कम व्यक्तिबिसे ॥
कविले कविता अति लेख्न सके ।
कति हुन्छ मजा भनिसाध्य छ के ?०५

व्यवसाय गरे पनि थोक गरौँ ।
ढुकुटीसँगमा हरजेप भरौँ ॥
खुजुरा र झिना-मसिनापनले ।
यतिकै बितिहाल्छ कठै ! समय ॥०६

धरती जसरी दिनुपर्छ दिँदा ।
मधुमस्त खुशी लिनुपर्छ लिँदा ॥
खुद नग्न बनी पनि दिन्छ दिने ।
प्रिय छन् शिवजी अतिमा रङ्गिने ॥०७

०००
भोजपुर, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म के गरूँ ?

म के गरूँ ?

देव भट्टराई (२)
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
हाम्रै हातमा छ

हाम्रै हातमा छ

देव भट्टराई (२)
खै के होला ?

खै के होला ?

देव भट्टराई (२)
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x