साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै के होला ?

बसेको छ उग्राउदै साँढ राहु । उता स्याल भन्दैछ झर्ला र खाऊँ ॥ मलाई छ शङ्का वितण्डा हुनेमा । ल है ! लाम लागौं कराई रुँने भा ॥

Nepal Telecom ad

देव भट्टराई :

उनैको छ जत्था उनैको छ सत्ता ।
मिलाएर खान्छन् उनै वृद्धभत्ता ॥
उनै छन् भिखारी उनै छन् विचारी ।
उनै सर्वहारा उनै कर्मचारी ॥०१

पर्‍यो भाग हाम्रो यहाँ दुःख मात्र ।
सधैँ छाक टार्ने चटारो छ जात्रा ॥
छँदै छैन केही नयाँ खास राम्रो ।
बताऊ त्यहाँ के छ राम्रो नराम्रो ?०२

पुरानो छ माझी पुरानै छ डुङ्गा ।
कतिन्जेल पूजा गरी बस्नु ढुङ्गा ?
गरेको छ वाचा भनी पार तार्ने ।
छ यो चाल हेर्दा डुबाएर मार्ने ॥०३

कुनै छैन अर्को म तर्ने उपाय ।
बसेको छु काम्दै भनी हाय-हाय !!
भरोसा कसैको नगर्दा हुने भो ।
दुखी-दीनलाई मयाले छुने को ?०४

बसेको छ उग्राउदै साँढ राहु ।
उता स्याल भन्दैछ झर्ला र खाऊँ ॥
मलाई छ शङ्का वितण्डा हुनेमा ।
ल है ! लाम लागौं कराई रुँने भा ॥०५

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म के गरूँ ?

म के गरूँ ?

देव भट्टराई (२)
अतिको महिमा

अतिको महिमा

देव भट्टराई (२)
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
हाम्रै हातमा छ

हाम्रै हातमा छ

देव भट्टराई (२)
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x