साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म के गरूँ ?

रोजूँ म के पथ्थर या त आत्मा ? संज्ञान देऊ असली महात्मा ॥ समुद्रलाई नदिऊँ म पानी । हिमाललाई हिउँको सलामी ॥ समृद्धलाई उपहार दामी । पाखण्ड बेचेर भइन्न दानी ॥

Nepal Telecom ad

देव भट्टराई :

म सत्य बोलूँ कि असत्य बोलूँ ?
पर्दा लगाऊँ कि खुलस्त खोलूँ ?
कि चूप लागूँ ? अरगज्जमा छु ।
के ठीक, बेठीक ? बता’ न राजु ॥०१

रुँनेछ सत्ते म असत्य बन्दा ।
बढ्नेछ स्वार्थीपन नीच धन्दा ॥
हुँनेछु एक्लो यदि सत्य बोले ।
ताली बटुल्नेछु असत्य बोले ॥०२

सुने-सुनाए बकबास मैले ।
बन्नेछु प्यारो मनमीत जैले ॥
रिसाउने छन् प्रतिकार गर्दा ।
खुशाउने छन् मतियार बन्दा ॥०३

जे हो दुरुस्तै भनिदिन्छु आज ।
जाँचूँ परेवा, चिल हो कि बाज ॥
छुटिन्छ पाकेपछि धान सामा ।
डुब्दैछु यस्तो परिकल्पनामा ॥०४

छ देउता मन्दिरभित्र कस्तो ?
हेर्दा भिखारी निज हो कि जस्तो ॥
रोजूँ म के पथ्थर या त आत्मा ?
संज्ञान देऊ असली महात्मा ॥०५

समुद्रलाई नदिऊँ म पानी ।
हिमाललाई हिउँको सलामी ॥
समृद्धलाई उपहार दामी ।
पाखण्ड बेचेर भइन्न दानी ॥०६

०००
भोजपुर, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अतिको महिमा

अतिको महिमा

देव भट्टराई (२)
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
हाम्रै हातमा छ

हाम्रै हातमा छ

देव भट्टराई (२)
खै के होला ?

खै के होला ?

देव भट्टराई (२)
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x