साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शान्तिको सन्देश ६७ औँ शृङ्खलाको साहित्यिक कार्यक्रम सम्पन्न

समितिका अध्यक्ष बुद्धिगम्भीर थापा सभापति रहेको कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रह्लाद पोखरेल हुनुहुन्थ्यो । साहित्यकारहरू त्रिलोचन आचार्य, मधुसूदन पाण्डे ,कृष्ण सुवेदी, रामशरण न्यौपाने, डिल्लीप्रसाद मूलतिहुनलगायत काे सहभागिता ।

Nepal Telecom ad

काठमाडौं २०८१ साउन २६ । शनिबार का.म . न. पा. -६ बौद्ध महाकाल शान्तिनगर टोल सुधार समितिले ६७ औँ शृङ्खलाको साहित्यिक कार्यक्रम सम्पन्न गर्‍यो ।

समितिका अध्यक्ष बुद्धिगम्भीर थापा सभापति रहेको कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रह्लाद पोखरेल हुनुहुन्थ्यो ।

साहित्यकारहरू त्रिलोचन आचार्य, मधुसूदन पाण्डे ,कृष्ण सुवेदी, रामशरण न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन, विनोद दाहाल वत्स, रामकुमार पण्डित, यदुनाथ वसन्तपुरे, महेश्वर खनाल, शिवराम घिमिरे, मिसन अधिकारी, पुस्पा दाहाल, भावना बराल, प्रकाश कुइँकेल र विद्यार्थी भाइबहिनी समेतले आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रह्लाद पोखरेलले समितिको कार्यक्रम अझै राम्रो बनाउन थप सल्लाह सुझाव दिँदै समितिले साहित्यका निमित्त ठूलो कार्य गरेकोले भविष्यमा यो समितिले अझै उन्नति गर्दै जाओस् भन्ने शुभकामना दिँदै रचना समेत वाचन गर्नुभएको थियो ।

सभाध्यक्ष बुद्धि गम्भीर थापाले समितिको पुस्तकालय रहेको भवन कार्यक्रमका निमित्त साँघुरो महँसुस भएकोले नयाँ भवनमा गर्न थालिएको र यसमा अझै सुधार गर्दै जाने बताउनु भएको थियो । अध्यक्ष थापाले साहित्यिक जमर्कोमा आएर साथ सहयोग दिनुहुने स्रस्टाहरू स्रोताहरू सबैलाई धन्यवाद दिँदै प्रमुख अतिथिलाई उपहार प्रदान पश्चात् कार्यक्रम समापन गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका महासचिव राजेन्द्र गजुरेलले सञ्चालन गर्नुभएको थियोे ।

०००
-डिल्लीप्रसाद मूलतिहुनकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x