साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रै हातमा छ

फल्नेछ शुद्ध बिउले फलफूल मीठो । आफैँ विकारित हुँदा फल हुन्न मीठो ॥ ज्ञानी र शिक्षित भए जनता स्वयंमा । नेता हुँदैन नकली सकली स्वयंमा ॥

Nepal Telecom ad

देव भट्टराई :

केही उपाय नचलेपछि बन्छ नेता ।
राख्छन् अचम्मसँगले जनता अपेक्षा ॥
साक्षी हुँदैछ बिचरो ! दुधको बिरालो ।
मौका मिलेपछि कहाँ ? कुरिबस्छ पालो ॥०१

देखिन्छ दोष कसको ? भन मित्र आफैँ ।
पाली नराख दुविधा मनभित्र आफैँ ॥
जे सत्य हो समयले गरिहाल्छ प्रष्ट ।
पानी र तेल छुटिएसरि छुट्छ भ्रष्ट ॥०२

रोपेर झार कसरी तुलसी म पाऊँ ?
पाखण्डको भजन त्यो कसरी म गाऊँ ?
हो लोकतन्त्र जनता बहुमूल्य हुन्छन् ।
सोचेर भोट नगरे नकटा चुनिन्छन् ॥०३

पाको र स्वच्छ नभई व्यवहार हाम्रो ।
होला र के ? असलमा घरबार राम्रो ॥
अर्को उपाय गतिलो अब छैन साथी ।
जाने कहाँ ? भन तिमी तल या त माथि ?०४

फल्नेछ शुद्ध बिउले फलफूल मीठो ।
आफैँ विकारित हुँदा फल हुन्न मीठो ॥
ज्ञानी र शिक्षित भए जनता स्वयंमा ।
नेता हुँदैन नकली सकली स्वयंमा ॥०५

फुल्छन् अनेक तरु ती मधुमासभित्र ।
पत्ता लगाउँन सके छ सुधा पवित्र ॥
हेरी चरित्र पहिले पछि छान नेता ।
बन्दैन भोट नदिए गँगटो विजेता ॥०६

०००
भोजपुर, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म के गरूँ ?

म के गरूँ ?

देव भट्टराई (२)
अतिको महिमा

अतिको महिमा

देव भट्टराई (२)
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
खै के होला ?

खै के होला ?

देव भट्टराई (२)
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x