साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन मित्र आगे

छ चाहिएको अघि हात तान्ने । पाइन्छ खुट्टापछिबाट तान्ने ॥ दिँदैन प्रोत्साहन माथि चढ्दा । छ मौन लाटोसरि बोल भन्दा ॥ विचार छोटो छ चरित्र कागे । सम्बन्ध तोड्दिन्छ सफाइ मागे ॥

Nepal Telecom ad

देव भट्टराई :

वसन्तझैँ छैन उदार मान्छे ।
आकाशझैँ छैन विशाल मान्छे ॥
सङ्कीर्णताले नित खुम्चिँदैछ ।
दिगन्तझैँ दूर र टाढिँदैछ ॥०१

उल्टो छ पूरै व्यवहार बोली ।
तादात्म्यता छैन नि आजभोलि ॥
मपाइँको राज छ भित्रभित्र ।
जताततै छन् नकली चरित्र ॥०२

सँगै छ जस्तो तर साथ छैन ।
छुट्दैनछुट्ने दृढ हात छैन ॥
विश्वासमा लाग्नगयो खडेरी ।
सुक्दैगएको छ सुधा पँधेरी ॥०३

उदात्तता छैन हँसाइमा जो ।
उन्माद झल्किन्छ विनामजाको ॥
व्यापारमा झैँ झुट मोलतोल ।
देखिन्छ प्रस्टै अनपेक्ष्य खोल ॥०४

छ चाहिएको अघि हात तान्ने ।
पाइन्छ खुट्टापछिबाट तान्ने ॥
दिँदैन प्रोत्साहन माथि चढ्दा ।
छ मौन लाटोसरि बोल भन्दा ॥०५

विचार छोटो छ चरित्र कागे ।
सम्बन्ध तोड्दिन्छ सफाइ मागे ॥
फुर्केर नाच्नेछ सिँगार्न लागे ।
उपाय के छन् ? भन मित्र आगे ॥०६

०००
भोजपुर, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म के गरूँ ?

म के गरूँ ?

देव भट्टराई (२)
अतिको महिमा

अतिको महिमा

देव भट्टराई (२)
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
हाम्रै हातमा छ

हाम्रै हातमा छ

देव भट्टराई (२)
खै के होला ?

खै के होला ?

देव भट्टराई (२)
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x