साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झगडा

जब विजयको हाँसो हाँस्यो अनि पो बल्ल उसलाई चिन्ने जान्नेले थाहा पाए, यतिबेलासम्म त ऊ उसकै छिमेकी कृपा शकरसँग अस्ति भएको झगडाको लाईभ पो सुनाउँदै रहेछ पुरुषोत्तमलाई ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

बाटोको छेवैमा उभिएर रामेश्वर ठुल्ठुलो स्वरमा गाली गर्दै थियो । उसकै अगाडि उभिएर त्यो सब चुपचाप सुनिरहेको थियो पुरुषोत्तम । बेला बेलामा मसिनो स्वरमा उ पनि केही बोल्न खोज्थ्यो तर रामेश्वरलाई उसको कुराले कुनै प्रभाव परे जस्तो देखिँदैनथ्यो । उ अझ अँध्यारो मुख पारेर हात हल्लाइहल्लाई चिच्याई रहेको हुन्थ्यो ।

बिस्तारै बिस्तारै बाटो हिँड्नेहरुको भिड छेउछाउमा जम्मा हुँदै गयो । “धन्न अहिलेसम्म हात चैँ हालेको छैन” कोही आपसमा खस्याक खुसुक गर्दै थिए । कोही “देखा देखि पिट्न चैँ दिनु हुन्न है, उस्तै परे छुट्याई दिनु पर्छ” भन्दै तयारी अवस्थामा थिए भने कोही “त्यस्तो गाली गरिरहँदा पनि सुनिरहन्छ, कस्तो हुतिहारा रै छ, म भए कठालो समाई सक्थेँ” भनेर पुरुषोत्तमको कमजोरीप्रति सहानुभूति राख्दै थिए ।

बटुवाहरूका यस्ता प्रतिक्रियाहरूबाट बेखबर प्रायः बनेको रामेश्वर अझ उचाल्ली उचाल्ली गाली गर्दै थियो । “तेरा बाउको बिर्ता हो ? ऐलानी जग्गा जो कोहीले भोग चलन गर्न सक्छ, तैँले मलाई सिकाउनु पर्छ ? अझ मलाई टेकिस् भने खुट्टा भाँच्छु भन्ने ?! तेरा बाउको ताकत भए भाँच्लास खुट्टा ! हेर मलाई धेरै रिस नउठा, उस्तै परे म तँ जस्तालाई जिँउदै सलक्क निल्दीन सक्छु, के ठानेको छस् मलाई हँ ?” भने पछि साँच्चै डरायो र कुबेर बाटो लाग्यो ।

त्यसपछि त्यो अहिलेसम्म मेरा अगाडि परेको छैन भन्दै रामेश्वरले जब विजयको हाँसो हाँस्यो अनि पो बल्ल उसलाई चिन्ने जान्नेले थाहा पाए, यतिबेलासम्म त ऊ उसकै छिमेकी कृपा शकरसँग अस्ति भएको झगडाको लाईभ पो सुनाउँदै रहेछ पुरुषोत्तमलाई ।

०००
हेटाैंडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x