साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नै सुध्रिनु पर्दछ !!

कालो खुँदो सरी चिप्लो सेतो कालो म ठान्दछु हात्ती तर्साउँने छुद्र गजो जिब्रो म मान्दछु ! लाज पचेपछि लाज कहाँ जन्मन सक्छ र झुठको मुटुमा कालो सेतो लाउँछ चक्कर !!

Nepal Telecom ad

कलानिधि दाहाल :

बेथिति छन् ममा धेरै म-नै सुध्रिनु पर्दछ
सिइएका सबै काला दाग उध्रिनु पर्दछ !
ममा सफाइले छोए बिग्रने हुन्न क्वै कतै
सुधारका सबै धक्का म नै दिऊँ जताततै !!

कस्तो खराब मान्छे म निन्दाका ओठ नित्य छन्
बद्ख्वाइँ अन्यका लागि मेरा यी गोठ नित्य छन् !
भेडाबाख्रा भई जम्मा गर्दछु अन्यका कुरा
आफैँ नीच बनेको छु घृणाको धारिलो छुरा !!

भाँडो फोहोरमा खाना पकाए भात के हुने
पस्कँदा गन्धले आफ्नै नाकको सासमा छुने !
गाली तुरुन्त उफ्रन्छु अर्कोमा रीस छर्दछु
आफैँ खराबको अर्कामा गालीका दाग भर्दछु !!

लठेब्रा छन् सबै सुन्ने हो हो मख्ख म पर्दछु
अझै आक्रोशको पाथी कालो रङ्ग म भर्दछु !
छु सेतो एउटा रङ्गमञ्चमा खेल्छु नाटक
भोजभतेरको भाते छु कालो खुल्छु फाटक !!

दाँत देखाउँदै पुग्छु ठाउँ त्यस्तै छु नायक
नबुझ्नेको म हूँ साँढे चिप्लो यो ओठवाहक !
स्वास्नी बिराम निख्लाम लम्पसार छ यो घर
मनोरोगी छु कालो म कलेँटी ओठ जर्जर !!

तैपनि छन् यता आसेपासेका भीडमा छु म
वा ! वा !! हजुर क्या भन्छन् चौपट्टै भीडमा छु म !
नबिक्ने कामका रित्ता थोत्रा भरी भराउमा
कार्यालय सजाएर गर्छु भाषण भाउमा !!

ठग जिब्रो छ,छन् ओठ छल चौपट्ट नाँच्दछन्
कुहेको छु सबै भित्र दाँत लहर हाँस्दछन् !
क्या हुनुहुन्छ सङ्केत भेडा ताली बजाउँछन्
महिना दिन रुन्छु म दिन एक हँसाउँछन् !!

ढाँटले नै छु खाएको रक्तप्रवाह छन् अरू
अर्काकै धन शृङ्गार सजिएको छु आबरु !
लाज घृणा सबै भागे यही संस्कार हूँ खडा
तर नायकझैँ नाँच्छु मञ्चमा छु म नै बडा !!

कालो खुँदो सरी चिप्लो सेतो कालो म ठान्दछु
हात्ती तर्साउँने छुद्र गजो जिब्रो म मान्दछु !
लाज पचेपछि लाज कहाँ जन्मन सक्छ र
झुठको मुटुमा कालो सेतो लाउँछ चक्कर !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x