साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजमार्गस्तोत्रम् !

सद्दे पनि असद्देमा असद्देका कुरै किन यस्तो मार्ग कहाँ होला स्वर्गमा धरणीतिर हड्डी फुकालिदिन्छौ हे मार्गदेव दया गर मेरुदण्डविनाशाय राजमार्गाय ते नमः ।

Nepal Telecom ad

रमेश समर्थन :

हाम्रो यो धूलिकायुक्त राजमार्ग सधैँ रहोस्
उचालेर पछारेर ढाड भाँचेर छाडियोस्
यता जोल्टिङ उता पल्टिङ अनि बुर्लुक्क उफ्रिँदै
नर्कयात्रासमं हाम्रो राजमार्ग नमोsस्तु ते ।

धुलोले ढेडुझैं हाम्रो अनुहार बनाउँछौ
मान्छे भन्नेै नमिल्ने यो रूप सौन्दर्य ल्याउँछौ
जिउँदै नर्कको जात्रा मरेपछि कता कता
गर्भलाई तुहाएर सृष्टि नै हुन्छ बेपता ।

सद्दे पनि असद्देमा असद्देका कुरै किन
यस्तो मार्ग कहाँ होला स्वर्गमा धरणीतिर
हड्डी फुकालिदिन्छौ हे मार्गदेव दया गर
मेरुदण्डविनाशाय राजमार्गाय ते नमः ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x