साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

यो सारा सृष्टिको तन्ना, आमाले नै फिँजाउँछिन् कतै शुष्क भए घाँटी, आमाले नै भिजाउँछिन् खुवाइ सन्ततीलाई, भोकै बस्ने पनि उनै उठाइ दुनियाँलाई, आफू खस्ने पनि उनै ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

आमा हुन् जिन्दगी मेरो, आमाको साथमा म छु
जे जस्तो चोटमा ऐय्या ! आमा भनी पुकार्दछु
आमाकै ममता पाइ, फैलिरन्छ चराचर
आमा तुल्य यहाँ कोही, बन्नसक्ने कहाँ छ र ?

आमा हुन् ज्ञानकी पुञ्ज, उनै हुन् कखरा पनि
सिकेर उनकै भाषा, पूर्ण हुन्छ यो जीवनी
आमाको साथमा बस्न, भाग्यले मात्र पाउँछ
आमाभन्दा मिठो गाना, दुनियाँमा को गाउँछ ?

स्वार्थ जाल पसारेर, आमा भेट्न सकिन्न नि
आमा हुन् दीपको ज्योति, उज्यालो छर्दछिन् पनि
चन्द्रमा जसरी ज्योत्स्ना, अँध्यारोमा खसाउँछ
आमा जस्तो अरु कस्ले, प्रेम बास बसाउँछ ?

आत्म प्रिय सधैँ उन्को बात मिठो सधैँभरि
फुल्दछन् फूलका थुङ्गा, शोभा दिएर बेसरी
प्रेरणाकी उनै धारा, शब्द विम्ब पनि उनि
आमाको स्नेहको छायाँ, सौदा गर्दैछ बैगुनी ।

पुत्रपुत्री भए घाती, यहाँ भूकम्प चल्दछ
पग्लेर खस्दछ नेत्र, हियो कलेजो जल्दछ
तापनि छन् धेरै स्वाँठ, आमा बिक्री गरिकन
किन्दछन् सुनको थाली, सोहोरी पापको धन ।

सुन्दरी र सुरा पान, डुल्न घुम्न मजा लिन
घाँडो भइन् कतै आमा, नाम खोल्न म सक्दिन
मस्तीमा दम्पति हिँड्छन्, आमा राखी बृदाश्रम
तैपनि भन्दिनन् आमा, छोरा छोरी छन् अधम ।

यो सारा सृष्टिको तन्ना, आमाले नै फिँजाउँछिन्
कतै शुष्क भए घाँटी, आमाले नै भिजाउँछिन्
खुवाइ सन्ततीलाई, भोकै बस्ने पनि उनै
उठाइ दुनियाँलाई, आफू खस्ने पनि उनै ।

यसरी लेख्दछु आमा, काव्यधारा तिमी बन्यौ
अँध्यारो लोकको मार्ग, दीव्य तारा तिमी बन्यौ
आमाबाटै सुरु हुन्छ, आमामै अन्त्य हुन्छ त्यो
संसारी सिर्जना शक्ति, आमामय बनिरह्यो ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x