साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडाकाे सिङ

तर गाउँमा जुधेका भेडाहरुकाे फुक्लिएकाे सिङ फर्कँदैन आज बेतमास जुध्दा भाँचिएको जाङ निकाे हुँदैन त्यसैले शहरिया गाईजात्रेहरु सँधै जितिरहन्छन् गाउँले भेडाहरु सँधै हारीरहन्छन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

शहरमा गाईजात्रा हुन्छ
छिनछिनमा रुप परिवर्तन गरेर
नाटक देखाइन्छ
हिजाे काटाकाटमा उत्रिएकाहरु
भाेलि चाटाचाट गर्छन्
हिजाे काखमा बसेकाहरु
भाेलि जेल पस्छन्
शहरमा गाईजात्रा भइरहन्छ
तर
गाउँमा ?
भेडा जुधाई हुन्छ
कहिले यताकाे भेडाले उताकाे भेडालाई
सिङ फुक्लिने गरि हान्छ
कहिले उताकाे भेडाले यताकाे भेडालाई
सिङ फुक्लिने गरि हान्छ ।
शहरकाे गाईजात्राले रुप परिवर्तन गर्नसक्छ
आज सत्ताे सराप गर्नेहरु
भाेलि अङ्गालाे मारेर हिंड्न सक्छन्
अवसरकाे दुनियाँमा
भाेलि एकै ठाउँमा भिड्न सक्छन्
आज एकले अर्कालाई चाेर भन्दैछन्
भाेलि हाम्राे एउटै स्वर भन्नसक्छन्
आज दुश्मन भनिएकाहरु
भाेलि एउटै मण्डलमा बस्न सक्छन् ।
तर गाउँमा जुधेका भेडाहरुकाे
फुक्लिएकाे सिङ फर्कँदैन
आज बेतमास जुध्दा
भाँचिएको जाङ निकाे हुँदैन
त्यसैले
शहरिया गाईजात्रेहरु सँधै जितिरहन्छन्
गाउँले भेडाहरु सँधै हारीरहन्छन् ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x