साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भीम गौतमको ‘नेतापाल’ पढेपछि

व्यङ्ग्यमा शब्द मात्रै खर्चेर गाली गर्दै ताली पाउने प्रयास गरेका छैनन् – सीप, सामर्थ्यको भरपुर प्रदर्शन गरेर विचारलाई व्यङ्ग्य समन्वय गरेर प्रस्तुत गरेका छन् ।

Nepal Telecom ad
प्रा. कपिल अज्ञात :
नेतापाल (२०८१) भीम गौतमको कविता कृति हो । चितवनका व्यङ्ग्य कविताकार भीम गौतमलाई फित्कौलीले चिनाइदियो । व्यङ्ग्य कविता आदिका मट्याङ्ग्रा हान्ने फित्कौलीले एक उदीयमान कविको कविता प्रकाशन गरेको देख्दा नयाँ कविको जानकारी पाएर धन्यवाद दिन मनलाग्यो । चितवनको व्यङ्ग्यकार रूपमा तिलकराज शर्मा, चिरञ्जीवी दाहाल, रविकिरण निर्जीव, इन्द्र रेग्मी, रामकृष्ण ढकाल प्रभृति मात्र त जानकारीमा थिए तर फित्कौलीका माध्यमबाट नयाँ कविका कविताको चाल बुझ्न पाएर हाल म दङ्गदास परिरहेको छु । यी कविता व्यङ्ग्यको रङ्गमञ्चमा अग्रस्थानमै बहाल हुनसक्ने कवि रहेछन् । भूमिका र प्रकाशकीयसहित सर्सर्ती कविता पढें, व्यङ्ग्यको कति तेजिलो पाइन हालेर रचिएका कविता रहेछन् । पढ्नेबित्तिकै प्रत्येक कविता मनमगजमा पसेर तरङ्गित र झङ्कृत पार्ने रहेछन् ।
सर्वप्रथम कृतिको शीर्षकमैं जाऊँ, शीर्षक राखेका रहेछन् – नेतापाल । नेपाललाई ‘नयपाल’ पनि भनिन्छ तर यहाँ ’नेतापाल’ किन भनियो ? मननीय कुरा छ । नेपाललाई नै लक्ष्यित गरेर कविले यहाँ ‘नेतापाल’ भनेका छन् । नेपालको राजनीति र वस्तुस्थितिको अध्ययन अवलोकन गरौं, सामयिक अवस्था बुझौं । राजनीतिलाई व्यवसाय बनाएको मूल प्रवृत्ति छ, त्यसैले ‘नेतालाई पाल’ मात्र रहेछ कि, नेपाली युवाहरू कर्मीमौरीझैं विदेश गएर फूलको रस लिएर नेपालको ढुकुटी रूपी घारमा मह जम्मा पार्छन् । त्यस महको चाका काढ्ने, खाने र चुस्ने काम सारा नेताहरूले नै गरेका छन् । सारा युवाले नेता पालेका छन् । युवाले मात्र होइन देशभित्रका हर नागरिक र निकायले नेता पालेका छन् । सारा कमिसनले नेता पालिएका छन् । राष्ट्रको अधिकांश बजेट नेता पाल्नुमैं खर्चिएको छ ।
नेताकै निम्ति गाडी, नेताकै श्रीमतीका निम्ति साडी, नेताकै भान्जा–भतिजाका निम्ति राडी, तिनलाई नै पाल्न युवा अस्ट्रलिया, युरोप अमेरिकातिर मात्र नभई खाडीमा समेत पुगेका छन् । के लोकतन्त्र वा गणतन्त्रको ध्येय नेता पाल्नु नै हो त । यही विषयवस्तुको आधार बनाएर कविताकृतिको नाम नै नेतापाल राखिएको छ । शीर्षक नै कति सटीक र सार्थक देखिन्छ । नेतालाई पाल्ने, पोस्ने र उनकै जयगान गरिरहने कस्तो यो डिम्बना ! लोकतन्त्र र गणतन्त्रको यो हविगत देखेर देशपाल नभै नेतापाल कति घतलाग्दो सामयिक अवस्थाप्रतिको व्यङ्ग्य । विकृति पोल्ने होइन विसङ्गति समाप्त पार्ने होइन, हात्ती पालेझैँ नेता पाल्ने ।
समाजबाट कति फाल्नुपर्ने कुरा छन्, कति उखेल्नुपर्ने कुरा छन्, कति भत्काएर बनाउनुपर्ने कुरा छन्, ती सबै छोडेर मात्र नेता पाल्ने कस्तो लज्जास्पद प्रवृत्ति ? चितवनका दुई–चार जना होइन राज्यकै सयौं व्यङ्ग्यकारमध्ये एक मात्र होइन अनेक देखेर उनका कविताभित्र चाखै मानेर प्रवेश गर्दैछु ।
उनको व्यङ्ग्य गुफाभित्र ५२ वटा कविताहरू सङ्गृहीत रहेछन् । उनले व्यङ्ग्यमा शब्द मात्रै खर्चेर गाली गर्दै ताली पाउने प्रयास गरेका छैनन् – सीप, सामर्थ्यको भरपुर प्रदर्शन गरेर विचारलाई व्यङ्ग्य समन्वय गरेर प्रस्तुत गरेका छन् । उनका कविता पढ्न र बुझ्न कहीँ माथापच्चीसी गर्नुपर्दैन । कुनै सरल र प्रवाहमय भाषामा छन् । अधिकतर अभिधामा छन्, कुनै लक्षणा र व्यञ्जनाका पनि छन् । रचनामा समयको अन्तराल त्यति अधिक छैन, पाँच–सात वर्षे अवधिभित्रका कविता समेटिएका छन् । त्यसैले शैली पनि एकैनाशको देखिन्छ । कविताभित्र अधिकतर व्यङ्ग्यविरोधी भावना उनिएका छन् । विकृति र विसङ्गतिका स्वरूप देखी कविभित्र आक्रोशको ज्वाला फुटेको छ । जता हेर्‍यो त्यतै खराब स्थिति देखी कवि दिक्क छन् ।
उनले निकै विनाशका चित्र कविताभित्र उतारेका पनि छन् । बहुविध प्रकृतिका उनका कविताले व्यङ्ग्य प्रवृत्ति अपनाएका छन् । राजनीतिले मान्छेलाई विभाजन गर्ने रहेछ भन्ने उनी साहित्यमा लगेर मान्छेलाई जोड्न खोजिरहेका छन् । उनी स्वयंले आत्मकथ्यमा सामाजिक सञ्जालमार्फत कटाक्ष गरेको कुरा व्यक्त गरेका छन् । देश भन्नु गाडीजस्तै हो, जसले यात्रुलाई गन्तव्यमा पुर्‍याउँछ । गाडीको चालक हो – नेतृत्व वर्ग । त्यसले यात्रुहरूलाई सुरक्षाको प्रत्याभूति दिन  नसकेको धारणा कविले व्यक्त गरेका छन् । व्यङ्ग्य अभियन्ता नरनाथ लुइँटेलले यस कृतिको सुन्दर र सटीक विश्लेषण  गरेका छन् । उनले कवि गौतमको मन पोलिरहेको र कवितामा वर्तमान बोलिरहेको निष्कर्ष निकालेका छन् । कविताको उद्देश्यमाथि पनि स्पष्ट पारेका छन् ।
अन्तमा, कवि गौतमप्रति साधुवाद अर्पित गर्दै एक मुक्तकबाट कथ्यलाई बिट मार्दछु ।
जयनेपाल ! जयनेपाल !! भन्नेले जय नेतापाल भनौं 
लालसलाम लालसलाम भन्नेले जय हामसलाम भनौं
आफ्नै कर्म कर्तूतले देश बिगार्ने सारा ती दुष्टहरूलाई 
हर दलमा हर निकायमा दलाल माफिया वहाल भनौं ॥
०००
कीर्तिपुर–२, कलङ्की, काठमाडौँ
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x