साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भीम गौतमको ‘नेतापाल’ पढेपछि

व्यङ्ग्यमा शब्द मात्रै खर्चेर गाली गर्दै ताली पाउने प्रयास गरेका छैनन् – सीप, सामर्थ्यको भरपुर प्रदर्शन गरेर विचारलाई व्यङ्ग्य समन्वय गरेर प्रस्तुत गरेका छन् ।

Nepal Telecom ad
प्रा. कपिल अज्ञात :
नेतापाल (२०८१) भीम गौतमको कविता कृति हो । चितवनका व्यङ्ग्य कविताकार भीम गौतमलाई फित्कौलीले चिनाइदियो । व्यङ्ग्य कविता आदिका मट्याङ्ग्रा हान्ने फित्कौलीले एक उदीयमान कविको कविता प्रकाशन गरेको देख्दा नयाँ कविको जानकारी पाएर धन्यवाद दिन मनलाग्यो । चितवनको व्यङ्ग्यकार रूपमा तिलकराज शर्मा, चिरञ्जीवी दाहाल, रविकिरण निर्जीव, इन्द्र रेग्मी, रामकृष्ण ढकाल प्रभृति मात्र त जानकारीमा थिए तर फित्कौलीका माध्यमबाट नयाँ कविका कविताको चाल बुझ्न पाएर हाल म दङ्गदास परिरहेको छु । यी कविता व्यङ्ग्यको रङ्गमञ्चमा अग्रस्थानमै बहाल हुनसक्ने कवि रहेछन् । भूमिका र प्रकाशकीयसहित सर्सर्ती कविता पढें, व्यङ्ग्यको कति तेजिलो पाइन हालेर रचिएका कविता रहेछन् । पढ्नेबित्तिकै प्रत्येक कविता मनमगजमा पसेर तरङ्गित र झङ्कृत पार्ने रहेछन् ।
सर्वप्रथम कृतिको शीर्षकमैं जाऊँ, शीर्षक राखेका रहेछन् – नेतापाल । नेपाललाई ‘नयपाल’ पनि भनिन्छ तर यहाँ ’नेतापाल’ किन भनियो ? मननीय कुरा छ । नेपाललाई नै लक्ष्यित गरेर कविले यहाँ ‘नेतापाल’ भनेका छन् । नेपालको राजनीति र वस्तुस्थितिको अध्ययन अवलोकन गरौं, सामयिक अवस्था बुझौं । राजनीतिलाई व्यवसाय बनाएको मूल प्रवृत्ति छ, त्यसैले ‘नेतालाई पाल’ मात्र रहेछ कि, नेपाली युवाहरू कर्मीमौरीझैं विदेश गएर फूलको रस लिएर नेपालको ढुकुटी रूपी घारमा मह जम्मा पार्छन् । त्यस महको चाका काढ्ने, खाने र चुस्ने काम सारा नेताहरूले नै गरेका छन् । सारा युवाले नेता पालेका छन् । युवाले मात्र होइन देशभित्रका हर नागरिक र निकायले नेता पालेका छन् । सारा कमिसनले नेता पालिएका छन् । राष्ट्रको अधिकांश बजेट नेता पाल्नुमैं खर्चिएको छ ।
नेताकै निम्ति गाडी, नेताकै श्रीमतीका निम्ति साडी, नेताकै भान्जा–भतिजाका निम्ति राडी, तिनलाई नै पाल्न युवा अस्ट्रलिया, युरोप अमेरिकातिर मात्र नभई खाडीमा समेत पुगेका छन् । के लोकतन्त्र वा गणतन्त्रको ध्येय नेता पाल्नु नै हो त । यही विषयवस्तुको आधार बनाएर कविताकृतिको नाम नै नेतापाल राखिएको छ । शीर्षक नै कति सटीक र सार्थक देखिन्छ । नेतालाई पाल्ने, पोस्ने र उनकै जयगान गरिरहने कस्तो यो डिम्बना ! लोकतन्त्र र गणतन्त्रको यो हविगत देखेर देशपाल नभै नेतापाल कति घतलाग्दो सामयिक अवस्थाप्रतिको व्यङ्ग्य । विकृति पोल्ने होइन विसङ्गति समाप्त पार्ने होइन, हात्ती पालेझैँ नेता पाल्ने ।
समाजबाट कति फाल्नुपर्ने कुरा छन्, कति उखेल्नुपर्ने कुरा छन्, कति भत्काएर बनाउनुपर्ने कुरा छन्, ती सबै छोडेर मात्र नेता पाल्ने कस्तो लज्जास्पद प्रवृत्ति ? चितवनका दुई–चार जना होइन राज्यकै सयौं व्यङ्ग्यकारमध्ये एक मात्र होइन अनेक देखेर उनका कविताभित्र चाखै मानेर प्रवेश गर्दैछु ।
उनको व्यङ्ग्य गुफाभित्र ५२ वटा कविताहरू सङ्गृहीत रहेछन् । उनले व्यङ्ग्यमा शब्द मात्रै खर्चेर गाली गर्दै ताली पाउने प्रयास गरेका छैनन् – सीप, सामर्थ्यको भरपुर प्रदर्शन गरेर विचारलाई व्यङ्ग्य समन्वय गरेर प्रस्तुत गरेका छन् । उनका कविता पढ्न र बुझ्न कहीँ माथापच्चीसी गर्नुपर्दैन । कुनै सरल र प्रवाहमय भाषामा छन् । अधिकतर अभिधामा छन्, कुनै लक्षणा र व्यञ्जनाका पनि छन् । रचनामा समयको अन्तराल त्यति अधिक छैन, पाँच–सात वर्षे अवधिभित्रका कविता समेटिएका छन् । त्यसैले शैली पनि एकैनाशको देखिन्छ । कविताभित्र अधिकतर व्यङ्ग्यविरोधी भावना उनिएका छन् । विकृति र विसङ्गतिका स्वरूप देखी कविभित्र आक्रोशको ज्वाला फुटेको छ । जता हेर्‍यो त्यतै खराब स्थिति देखी कवि दिक्क छन् ।
उनले निकै विनाशका चित्र कविताभित्र उतारेका पनि छन् । बहुविध प्रकृतिका उनका कविताले व्यङ्ग्य प्रवृत्ति अपनाएका छन् । राजनीतिले मान्छेलाई विभाजन गर्ने रहेछ भन्ने उनी साहित्यमा लगेर मान्छेलाई जोड्न खोजिरहेका छन् । उनी स्वयंले आत्मकथ्यमा सामाजिक सञ्जालमार्फत कटाक्ष गरेको कुरा व्यक्त गरेका छन् । देश भन्नु गाडीजस्तै हो, जसले यात्रुलाई गन्तव्यमा पुर्‍याउँछ । गाडीको चालक हो – नेतृत्व वर्ग । त्यसले यात्रुहरूलाई सुरक्षाको प्रत्याभूति दिन  नसकेको धारणा कविले व्यक्त गरेका छन् । व्यङ्ग्य अभियन्ता नरनाथ लुइँटेलले यस कृतिको सुन्दर र सटीक विश्लेषण  गरेका छन् । उनले कवि गौतमको मन पोलिरहेको र कवितामा वर्तमान बोलिरहेको निष्कर्ष निकालेका छन् । कविताको उद्देश्यमाथि पनि स्पष्ट पारेका छन् ।
अन्तमा, कवि गौतमप्रति साधुवाद अर्पित गर्दै एक मुक्तकबाट कथ्यलाई बिट मार्दछु ।
जयनेपाल ! जयनेपाल !! भन्नेले जय नेतापाल भनौं 
लालसलाम लालसलाम भन्नेले जय हामसलाम भनौं
आफ्नै कर्म कर्तूतले देश बिगार्ने सारा ती दुष्टहरूलाई 
हर दलमा हर निकायमा दलाल माफिया वहाल भनौं ॥
०००
कीर्तिपुर–२, कलङ्की, काठमाडौँ
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
पुरेत र जजमान

पुरेत र जजमान

प्रा. कपिल अज्ञात
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x