साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शैतानको बगान

हर परिवर्तनमा विदेशीकै मर्यादा विदेशीकै मान विदेशी पनि यस्तो बाहिर मित्रताको नाटक गरेर भित्रभित्रै जरा उधिनेर काट्ने सद्भावना राखेजस्तो गरेर कुटिल र कपटी भएर ढाँट्ने ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

यो संविधान के संविधान !
आफ्नै भान्जाभतिजा र
सालाजेठानकै हुने प्रशस्तिगान
उनीहरूकै चल्ने
प्रपञ्चको अभियान
यो संविधान के संविधान ?
कहाँ देखिन्छ सहीसत्य कमान
विदेशीकै चलखेल विदेशीकै शान

हर परिवर्तनमा विदेशीकै मर्यादा
विदेशीकै मान
विदेशी पनि यस्तो
बाहिर मित्रताको नाटक गरेर
भित्रभित्रै जरा उधिनेर काट्ने
सद्भावना राखेजस्तो गरेर
कुटिल र कपटी भएर ढाँट्ने ।

मान नमान म तेरै मेहमान
जमिरहेकाले ठानिरहेछन्
जनतालाई मात्र भेडा बाख्राको बथान
उपभोक्ताका निम्ति
पालनपोषण गरिरहेझै
लाग्दैछ देश नै
शैतानको बगान
यो संविधान के संविधान ?

०००
कीर्तिपुर
कविता क्षितिज (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x