साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पगरी मोहमा कवि

अब खेल उता पर सार्न सके फलिफाप हुने दिन खार्न सके दिन फिर्छ यहाँ रस भर्न सके कविको पद आज धराप सखे ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

पहिले म यसै अलमल्ल थिएँ
कविका भिडमा कवि बन्न गएँ
पगरी कविता भरमार भनेँ
जयकार गरे कवि होस् तँ भने ।।

कति वर्ष यही पदमा बसियो
हर बार यही पगरी भिरियो
कविको पगरी मसँगै जब यो
म छँदै किन छान्न पर्‍यो कवि को ?

कविता अब गाउनु खै कसरी
नव गीत सुनाउनु लौ कसरी
अब अन्तिम छन्द भनूँ यसरी
फलिफाप हवस् करमा मछली ।।

कवि लेखकका भ्रममा म थिएँ
कविता सुनियो छरपस्ट भएँ
अघि लेखक-को भ्रममा परियो
रसका सँगमा खलिहान गयो ।।

मित-को मतिले क्षति भो कदको
अब ता सपना अघिका पदको
मुखिया छ लुसो भर हो उसको
खरिदार चलाख पत्याउनु को ?

अघि भाइ थिए सँगमा रसिला
अहिले उनका करमा ढडिया
न सिकार यता न सिकार उता
हुन सक्छ अहो छ यही लफडा ।।

नव चेतक छन् नभमा अहिले
गठजोड गरे सुनियो उनले
धन खर्च हुने पल हो अहिले
पद यो कविको छ हिले जहिले ।।

पुरिया हरिया सब राख भनेँ
रस भाव लुकाउन पर्छ भनेँ
अघि नै छरपस्ट भँडार बने
अब एक कला छ मनेर मने ।।

अब को सहयोग गरोस् रचना
अब लाउन पर्छ डिका कि कमा
पगरी जसको सब राख हुने
किन भाग्य गयो कविराज हुने ।।

पद शब्द मिलाउन झ्याउ भयो
खुद लेख्न जुटूँ न त ह्याउ रह्यो
न त दीर्घ मिल्यो न त ह्रस्व मिल्यो
न त शीर्षक सार्थक भाव भयो ।।

अब खेल उता पर सार्न सके
फलिफाप हुने दिन खार्न सके
दिन फिर्छ यहाँ रस भर्न सके
कविको पद आज धराप सखे ।।

पगरीप्रतिको कति मोह यहाँ
कवि मौन बसोस् मृत यो शवमा ?
अहँ हुन्न कुनै पनि हालतमा
कविको पगरी कति जम्छ ममा ।।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x