बद्रीप्रसाद दाहाल ‘भस्मासुर’जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !
जग्गा किन्न भनेर चालकहरु पुग्छन् नदी तीरमा । मिल्दो ठाउँ छुटाई खोज्दछ जिमी पाखा तथा भीरमा ॥ काँ—काँ हुन्छ डुबान ? जान्छ पहिरो लेते ? त्यहीँ हेर्दछन् । ‘भाण्डागार’ बनाउने प्रण गरी, सर्कार नै घेर्दछन् ॥

बद्रीप्रसाद अधिकारी :
सर्कारी जति छन् यहाँ निगम ती घाटा छ अबौँ हरे ।
सर्कारी जति छैन रे निगम यी मोटा र घाटा भए ॥
नामै भो बदनाम यो मुलुकमा संस्था छ जो आयल ।
मन्त्री स्टाफ हसुर्छ लाज नगरी संस्था भयो घायल ॥ १॥
झेलै — झेल र खेल फेल निगमै, या डेल वा बेल हो ।
भेलै — भेल र रेल सेल निगमै, लुट्ने महामेल हो ॥
कारिन्दा रसिला त चालक सबै, घोर्ले बनेछन् कति ।
धिक्, धिक् ! ‘आयल’ रुन्छ घायल हुँदै, उठ्नै नसक्ने गरी ॥ २ ॥
बाँड्छन् बोनस ग्याँस — तेल अथवा, पेट्रोल भत्ता सधैँ ।
घाटामात्र थमाउँदै निगममा, लुछ्छन् र चुस्छन् कठै !!
कारिन्दा छ ठगाह हाकिम ठगा, उस्तै छ सञ्चालक ।
अंशाहार भकुर्न लाज नगरी नाङ्गिन्छ मन्त्री डग ॥ ३ ॥
जग्गा किन्न भनेर चालकहरु पुग्छन् नदी तीरमा ।
मिल्दो ठाउँ छुटाई खोज्दछ जिमी पाखा तथा भीरमा ॥
काँ—काँ हुन्छ डुबान ? जान्छ पहिरो लेते ? त्यहीँ हेर्दछन् ।
‘भाण्डागार’ बनाउने प्रण गरी, सर्कार नै घेर्दछन् ॥ ४ ॥
भाण्डागार बनेन तेलहरूका, न ग्याँसका बन्दछन् ।
उच्चा पोष्ट घिचेर मर्कट यहाँ काला धनै गन्दछन् ॥
सस्तो तेल किनेर किन्तु महँगो बेचेर लुट्छन् मनी ।
झेली खेल गरी डुुब्यो निगमनै हुन् राहुु केतूू शनि ॥ ५ ॥
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































