साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुनकीरीको प्रस्थान

दिनदिनै अँध्यारा हुँदैछन् गाउँ बस्तीहरू बुढा बाआमाका अनुहार जुनकीरीको बसाइँसराईबाट भन्दैछन् यहाँ पसिनाको मूल्य छैन ।सीप र ज्ञानको अवमूल्यन छ काम छैन दाम छैन मन बुझाउने ठाम छैन ।

Nepal Telecom ad

नेत्र कुँवर :

अवमूल्यन छ
इमानको पाठशाला
बिकाउ छ झुटको खेती
टिकाउ छ खुराफात यति
पसिनाको उचित मुल्य छैन
ज्ञानको मुल्य छैन
विज्ञानको मूल्य छैन ।

निभाउनु छ
उदरमा भोकको आगो
मेटाउनु छ पानी प्यास
आँसुका बलधारा पिएर ।

मार्नु छ
अभावले थिचिएपछि
थकानका सुस्केरा
शासकले गरेपछि
शान्तिको चिरहरण
लुटेपछि माटोको अस्मिता
ढुकुटीको ब्रम्हलुट…. ।

मुग्लान जानुको विकल्प छैन
यी जुनकीरीहरूले
रछ्यान बनाएपछि
यो आँगनलाई झिङ्गाहरूले
डस्न थालेपछि माहुरीहरूले

विरक्त लाग्न थालेका छन्
यी वनपाखाहरू
बाई बाई गर्दैछन्
चौतारीका वरपिपल पातहरू
सिरसिरे बतासको सहारामा
फुलुकी नफुलु भन्छन्
लालीगुराँस सुनाखरीहरू
लुटीसकेपछि कस्तुरीविणाहरू
स्यालहरुले गर्दैछन्
बाघको पोष्टमार्टम
ओढेर उसकै छाला ।

गाउन छोडीसके कोइलीहरूले
मधुकन्ठ स्वरमा कुहुकुहु गरेर
यी चील गरुड बाजहरूको त्रासले ।

रुँदैछ माटो विछोडको पीडाले
विदाई गर्दैछ जुनकीरीहरूलाई
दिनदिनै हवाई पडाउहरूमा
अध्यारोले जिस्क्याउँछ बेलाबेला
प्रश्नहरु तेर्स्याएर – खै तेरा जुनकीरी ?
नाजवाफ छ माटो ।

दिनदिनै अँध्यारा हुँदैछन्
गाउँ बस्तीहरू
बुढा बाआमाका अनुहार
जुनकीरीको बसाइँसराईबाट
भन्दैछन्
यहाँ पसिनाको मुल्य छैन
सीप र ज्ञानको अवमूल्यन छ
काम छैन दाम छैन
मन बुझाउने ठाम छैन
रहर हैन बाध्यताले हुँदैछ
परको देशमा
जुनकीरीहरूको प्रस्थान !

०००
अछाम, हालः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x