साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तो होस् प्रजातन्त्र

सत्यलाई सत्य भन्न पाउँ गलतलाई गलत भन्न पाउँ वाक स्वतन्त्रताका नाममा आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहोस् यस्तो होस् प्रजातन्त्र ।

Nepal Telecom ad

अर्थहिन जस्तो लाग्छ
लोकको लागि नआएको लोकतन्त्र
गणको लागि नआएको गणतन्त्र
प्रजालाई सधै पच्काइरहने पच्कातन्त्र

अर्थ होला केवल
नेताहरूका लागि
वरिपरि घुम्ने झोलेको लागि
नाता कुटुम्ब डोलेका लागि

छेपाराले रंग फेरे जस्तो
गोमनले काँचुली फेरे जस्तो
लोकतन्त्र चाहिदैन

यस्तो होस् कि लोकतन्त्र
जहाँ कानुनी राज्य होस्
वर्गविहिन समाज होस्
सबैले समान अधिकार पाउन्

अतिरन्जित नहुन्
निर्दोषहरूमाथि लगाइएका
निराधार आरोपहरू

नलुकाइन
जघन्य अपराधका श्रृङखलाहरू
भ्रष्टाचारका फाइलहरू
दमनका चक्रभ्यहरू

सत्यलाई सत्य भन्न पाउँ
गलतलाई गलत भन्न पाउँ
वाक स्वतन्त्रताका नाममा

आफ्नो अधिकार प्रयोग गर्दा
अरुको अधिकार हनन नहोस्
यस्तो होस् प्रजातन्त्र
जहाँ सुखी नेपाली समृद्ध नेपाल होस् ।

०००
आछाम, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x