साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वतन्त्र र व्यस्त मान्छे

तेस्रो दललाई उनले फुपूको भाञ्जीको नन्दको देवरको सुसुराको नातिनी ज्वाइँको पुलिसमा बढुवा मिलाउन भेटे । चौथो दललाई उनले एउटा अफिसको प्रोजेक्ट मिलाइदिन भन्न भेटे ।

Nepal Telecom ad

मैले चिनेका एकजना मित्र छन् । उनको भनाइअनुसार उनी स्वतन्त्र हुन् र उनले नभने पनि अत्यन्तै व्यस्त छन् । उनको व्यस्तता हेर्दा र सुन्दा यस्तो लाग्छ उनको नाममा सर्वाधिक व्यस्त पुरस्कार कोष खडा गरेर कोषले हरेक वर्ष दिने पुरस्कार उनलाई एकै वर्षमा दिऊँ । तर आफूसँग त्यो पुरस्कार गुठी छैन र पो । त्यस्तो गुठी भएको भए म आफैँले कति पुरस्कार साटिसक्ने थिएँ । सानातिना मानिसका बारेका कुरा गरियो भने कुरा काटेको हुन्छ होला । यी धुरन्धर लेखक, देखक, समाजसेवी, बुद्धिजीवी, स्वतन्त्र व्यक्तित्वका बारेमा कुरा गर्दा त महिमा गान हुन्छ होला भन्ने ठानेर यहाँ उहाँको व्यस्त चर्यासँगै केही व्यक्तित्वलाई राख्न चाहन्छु । आशा छ यो पढेपछि उहाँजस्तै थुप्रै लेखक र स्वतन्त्र व्यक्तित्वहरूले पनि किच्च हाँस्दै मम भन्नु हुनेछ । हवस् त श्री स्वतन्त्र व्यक्ति विशेषाय नमः

हिजो उनी सात दलका प्रमुख भेट्ने काममा लागे । एउटा दलको प्रमुखसँग उनले आफ्नो सालाको लागि ठेक्का मिलाउनु थियो । दोस्रो दलसँग उनले छोरालाई राष्ट्रिय पुरस्कार मिलाउन भेटे । तेस्रो दललाई उनले फुपूको भाञ्जीको नन्दको देवरको सुसुराको नातिनी ज्वाइँको पुलिसमा बढुवा मिलाउन भेटे । चौथो दललाई उनले एउटा अफिसको प्रोजेक्ट मिलाइदिन भन्न भेटे । पाँचौँ दललाई उनले भ्रष्टाचारको केशमा जेल परेको आफ्नो भाइको कान्छो सुसुराको ज्वाइँको भानदाजुलाई सफाइ दिलाउन भेटे । छैठौँ दलको प्रमुखलाई उनले प्रदेशको निर्माण सम्बन्धी कामको जिम्मा दश वर्षमा पनि सम्पन्न नगर्ने भनेर प्रख्यात भएको आफ्नै भतिजलाई पार्नका लागि भेटे । सातौँ दलको प्रमुखलाई उनले आफ्नो मिटर ब्याज पीडक साथीलाई केन्द्रिय सदस्य बनाउनका लागि भेटे । दलका प्रमुख भेटिसकेपछि दुई ओटा साहित्यिक पुरस्कार गुठीलाई भेटे । थाहा छ त्यो भेट कतिको उपयोगी भयो ?

ज्यादै उपयोगी भयो । अब आजैको कुरा गरौँ न । उनी खासै कविता लेख्दैनन् तर उनले काव्य पुरस्कार पाए आजै मात्र । त्यसपछि एउटा भाङ्ग्रे पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन गए । स्मरण रहोस् उनी स्वतन्त्र व्यक्ति हुन् । उनले दुई ओटा साहित्य संस्थाको कार्यक्रममा प्रमुख अतिथि बन्न भ्याए । उनको आफ्नै निजी स्कुल छ । उनी एक घण्टा जति आफ्नै स्कुलमा पनि पुगे । स्कुलको कुरा गर्दा त्यस्ता स्वतन्त्र व्यस्त साहित्यकारका बारेमा केही न केही त भन्नु पर्‍यो नि । अँ अरूकोमा भन्दा दुई चारसय महँगो फि लिनु, अरूको स्कुलमा भन्दा अलि धेरै किताब बालबालिकालाई भिडाउनु, सात बालबालिका अट्ने गाडीमा बीसजना कोचेर ओसारपसार गर्नु, परीक्षा फि उठाउनका लागि हप्तामा तीन पटक परीक्षा सञ्चालन गर्नु, शिक्षकलाई नियुक्तिपत्र नदिनु, मोलमोलाईमा तलब मान बनाउनु, तीन महिनामा तलब दिनु लगायत धेरै विशेषताहरू छन् उनको स्कुलको ।

स्कुलबाट निस्किएपछि उनी एउटा युवा डबलीले आयोजना गरेको हास्यव्यङ्ग्य कार्यक्रममा पुगे । त्यहाँ उनले दल निजी विद्यालय र लेखकहरू सबैलाई व्यङ्ग्यवाण चलाए । उनले भनेका केही क्लिप्स यस्ता पनि थिए ।

‘साहित्यकार लेखक कुनै दल विशेषका हुँदैनन् । लेखक साहित्यकारले राजनीतिको धोती धुँदैनन् । जय नेपाल ।
साहित्यकार लेखक कुनै दलका घोडा होइनन् । लाल सलाम ।

यति बेला पाठ्यपुस्तकको बिगबिगी छ । बच्चालाई धेरै पाठ्यपुस्तक भिँडाउने र आफू कमिसनले मुख मिठ्याउने निजी स्कुलहरूलाई सरकारका निकाय पनि मुख मिठ्याएर हेरिरहेको छ । नमस्कार धन्यवाद ।’

उनले आफ्नै स्कुलको तर्फबाट दलबलका व्यक्तित्व र सरकारी संयन्त्रका इनेगिनेका मानिसका लागि राम्रै रेष्टुरेण्टमा सुखरात्री भोजको आयोजना गरेका रहेछन् । हास्यव्यङ्ग्य कार्यक्रम सकिनासाथ उनी त्यतै हानिए । त्यसपछिका उनका व्यस्त रात्री चर्यालाई नियाल्ने ताकत यो भारेभुरे लेखकसँग रहेन । यति मै कलम बन्द गरेँ । अस्तु ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x