साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विजयध्वज थापाको स्वदेश महिमा गान सार्वजनिक

थापाको राष्ट्रियभावले ओतप्रोत भएको दोश्रो स्वदेश महिमागानका रुपमा रहेको छ । पहिलो राष्ट्रिय गान रामकृष्ण ढकालको आवाजमा रेकर्ड गरिएको छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख १२ । गायक प्रमोद खरेलको सुमधुर स्वर तथा कवि, गीत/गजलकार तथा नियात्राकार बिजयध्वज थापाको शब्दमा ‘नेपालीको देश नेपाल’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ ।

थापाको राष्ट्रियभावले ओतप्रोत भएको दोश्रो स्वदेश महिमागानका रुपमा रहेको छ । पहिलो राष्ट्रिय गान रामकृष्ण ढकालको आवाजमा रेकर्ड गरिएको छ ।

गीतमा गायक प्रमोद खरेलको सुमधुर स्वर तथा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा कम्पुटरग्राफर विजयराज भुर्तेल र फणिन्द्र राईले एरेन्ज गरेका छन् । राष्ट्रलाई केन्द्रमा राखेर सृजना गरिएको प्रस्तुत स्वदेश महिमागानमा ‘हिमशिखरमा विश्वमै पहिलो जलभण्डार नेपाल, विश्वशान्तिको मुहान हो यो नेपालीको देश नेपाल’ बोलको गीतले प्रकृति, भाषा धर्म र भेषभुषाका साथै गौरवमय इतिहासको महत्तालाई गहन रुपमा प्रस्तुत गरिएको छ ।

गीतमा स्रष्टाले स्वदेश भक्तिको मियो समातेर शब्द, संगीत र स्वरको संयोजनमा मानवीय चेतनमा मात्रै होइन परन्तु चेतनाको गहिराइमा थिग्रिएका, विचार सहितका शब्दहरु नै गीत बनाएर प्रस्तुत गर्नुका साथै नेपाली हुनुको गौरवबोध गर्नुपर्ने कुरालाइ कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गायक प्रमोदको यो भाग्यमा खोट छ, पराइको बगैचामा फूल्ने फूल भयो, अर्कैलाई रोज्दै छौ कि लगायत थुप्रै सदाबहार गीतहरुको भीडमा प्रस्तुत स्वदेश महिमागान पनि एउटा कोशेढुंगा का रुपमा रहने देखिन्छ भने वरिष्ठ संगीतकार सिंहले पनि सृजनात्मकताको बेजोडको प्रस्तुति दिएका छन् । साथै गीतकार संघका सदस्य समेत रहेका स्रष्टा थापाका ‘सम्झनाले पिर्यो’ गीति संग्रह, ‘भुमरी’, ‘स्नेह’ र प्यासी जीवन लगायतका गीति एल्बम यस अघिनै बजारमा ल्याइसकेका छन् ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको स्थापना गरि मासिक रुपमा रचना बाचन तथा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्दै साहित्यिक क्षेत्रमा सक्रिय रहेका श्रष्टा विजयध्वजका गीत कविता मुक्तकहरुले समाजको वास्तविकता बोल्छन् । कहिले उनको गीत, गजल तथा कविताले सौन्दर्यसहितको प्रेम भाव प्रकट गर्छन् त कहिले उनका रचनाले जसरी दर्जीले लुगा सिलाउँदा कपडा मात्रै जोड्दैन उसले मानिसको मन, इज्जत र प्रतिष्ठासमेत जोडे जस्तै उनका रचनाले राष्ट्रिय एकता प्राकृतिक सौन्दर्यता र स्वतंत्रताका भावनालाइ कलात्मक रुपमा देश जोडेको अनुभूत गर्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x