साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुला हास्यव्यङ्ग्य कविता प्रतियोगिता

विजेतालाई पहिलो पुरस्कार नगद रु. १५ हजार, द्वितीय १० हजार, तृतीय ५ हजार तथा सान्त्वना २ जनालाई ३/३ हजार नगद पुरस्कार दिइने छ । कविता बैशाख १८ गते बेलुका ५ः०० बजेसम्म पठाइसक्नु पर्नेछ ।

Nepal Telecom ad

हेटौँडा, ०८० वैशाख ११ । सिस्नुपानी नेपाल मकवानपुरले सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा खुला हास्यव्यङ्ग्य कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही बैशाख १८ गतेसम्म कविता पठाउन सकिने तथा बैशाख २२ गते शुक्रबार हेटौंडामा हुने सो प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को विशेष प्रवर्द्धनमा आयोजना हुन लागेको हो । हास्यव्यङ्ग्य पार्टनर फित्काैली डटकम र मिडिया पार्टनर साहित्यपाेष्ट रहेकाे यस प्रतियोगितामा देशभरका कविहरूले भाग लिन सक्ने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो ।

समाजमा हुने गरेका विकृति र विसङ्गतिविरुद्ध साहित्य सिर्जनामार्फत् सुधारका लागि दबाब दिन सकिने उन्नत समाज स्थापनातर्फ सदैव जोड गर्नका लागि हास्यव्यङ्ग्य साहित्यको उल्लेख्य भूमिका रहेकोले यसको उन्नयन नै उद्देश्य रहेको उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेले बताउनु भयो ।

प्रतियोगितामा कविता २५० शब्दभित्र रहनेगरी तथा अन्य अप्रकाशित हास्यव्यङ्ग्य रचना मात्रै समावेश गरिनेछ । इमेल पठाउनका लागि sisnupanimakwanpur@gmail.com मा पठाउन सकिने तथा किताबघर भैरव रोड हेटौंडामा पठाउन सकिने जानकारी आयोजक टिमले दिएको छ । विजेतालाई पहिलो पुरस्कार नगद रु. १५ हजार, द्वितीय १० हजार, तृतीय ५ हजार तथा सान्त्वना २ जनालाई ३/३ हजार नगद पुरस्कार दिइने छ । कविता बैशाख १८ गते बेलुका ५ः०० बजेसम्म पठाइसक्नु पर्नेछ ।

सिस्नुपानी मकवानपुरले आफ्नो स्थापना दिवस, भैरव जयन्ति, गाईजात्रा लगायतका आफ्नै घोषित कार्यक्रम र विभिन्न संस्थाहरूका साहित्यिक कार्यक्रममा सक्रिय रुपमा सहभागिता जनाइरहेको छ ।

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले भन्नुभयो- “उपत्यका बाहिर सिस्नुपानी नेपालको एकमात्र प्रभावशाली शाखा हेटौँडाले हास्यव्यङ्ग्य साहित्यको विकास र प्रवर्द्धनका लागि पुरस्कार स्थापनादेखि निरन्तर अनेक कार्यक्रमहरू आयोजना गर्दै आएको र हाल आकर्षक नगद पुरस्कारसहित राष्ट्रव्यापी हास्यव्यङ्ग्य कविता प्रतियोगिता आयोजना गरेर थप उचाइ प्राप्त गरेको छ । हास्यव्यङ्ग्यमा पुराना पुस्तालाई सम्मान र नयाँपुस्तालाई आकर्षण गर्नमा सिस्नुपानी हेटौँडाको अनुकरणीय योगदान रहँदै आएको छ । कार्यक्रम सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

अग्रज हास्यव्यङ्ग्यकार आर.सी. रिजालले हास्यव्यङ्ग्य कविता प्रतियोगिताले यस संस्थाको गरिमा अझ बढ्ने तथा धेरै सर्जकहरूले हास्यव्यङ्ग्य लेखनमा सक्रिय रहिरहनु भएको अवस्थामा यस्ता कार्यक्रम निकै रुचाइने बताउनु भयो ।

हास्यव्यङ्ग्यकार रिजालले सहयोग प्रदान गर्नु भएको घडेरीमा वि.सं. २०५५ सालमा स्थापना भएको सिस्नुपानी मकवानपुर तथा साहित्य संगम मकवानपुरको संयुक्त भवन समेत रहेको छ ।

०००
– हेटौडाबाट संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x