साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव पुरस्कार (२०८२)  भारतीय नेपाली हास्यव्यङ्ग्यकार कृष्ण प्रधानलाई

भैरव वाङमय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई र भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिने भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ भाद्र १३ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ ।

भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो ।

जसअनुसार २०८२ सालको भैरव पुरस्कार भारत—सिलगुढी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गर्न लागिएको हो ।

त्यस्तै १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने गुठीले जनाएको छ ।

५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिने भएको छ ।

पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहनु भएको चयन समिति गठन गरेको थियो ।

आउँदो असोज तीन गते राजधानीको गोकर्णेश्वर—५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिनेछ ।

सोही दिन गुठीको साधारण समा पनि आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो ।

भैरव पुरस्कारका लागि चयन हुनु भएका हास्यव्यङ्ग्यकार कृष्ण प्रधान विगत चार वर्षदेखि फित्काैली डटकममा नियमित लेखिरहनु भएकाे छ । भारतका सिलीगुडी निवासी प्रधानका दर्जनाैँ हास्यव्यङ्ग्य निबन्ध र हास्य नाटकहरूकाे श्रृङ्खला फित्काैलीमा प्रविष्टीकरण गरिएकाे छ । प्रधानसहित शर्मा र पाेखरेललाई फित्काैली हार्दिक बधाई ज्ञापन गर्दछ ।

०००
निर्मल अर्यालकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
7 months ago

बधाई सबैलाई !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x