साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ र उनी : कविता

“थाहा छ उसलाई पनि भित्रैबाट तीव्र भोक छ चाहा छ उनलाई पनि भोकको तीव्र झोक छ खाना साथमै छ दुवैका भाँडाभरी प्रष्टै देखिन्छ... आहा ! तर सँगै खान दुबैलाई समाजमा तीव्र रोक छ !”

Nepal Telecom ad

गोपाल काफ्ले :

प्रायः सधैँसधैँ भइरहन्छ उनीसँग उसको भेट
टाइट पाइन्ट, अग्ला हिल, थाइकट कपाल,
मधुर मुस्कान, बढ्न नसकेको
उचाइलाई जबर्जस्ती बढाउँदै
आफूलाई हिलमाथि चढाउँदै
मुसुक्क मुस्कुराउँदै
आफ्नो वक्षभाग अगाडि बढाउँदै
उसलाई धकेल्न आटेको भावमा
उसको प्रभावमा
नजिकिन खोज्छिन्
प्रष्ट देखिन्छ…
उनीमा प्यास छ !
उनीमा आश छ !!
उनीमा भोकको झोक छ
तड्पिरहेछन् तिनका आँखाहरू;
बोलीका भाकाहरू
भन्नै नमिल्ने…
भन्नै नमिल्ने उनको समस्या
भन्नै नमिल्ने
उसको समस्या
उसको समस्या उनको समस्या
उनको समस्या उसको समस्या !
यस्तैयस्तै कुरा दुवैलाई थाहा छ
दुवैको एउटै चाह छ !
एउटै आवश्यकता छ
एउटै पेशा छ
एउटै व्यथा छ !
तिनको व्यथा अरुलाई के थाहा छ… ?
अनि ऊ आतुर छ उनलाई भेट्न
हेरेरै भए पनि तिर्सना मेट्न ।
उनी आतुर छिन् उसलाई भेट्न ।
हेरेरै भए पनि तिर्सना मेट्न ।
कस्तो विडम्बना !
उनको समस्याको समाधान ऊ हो
उसको समस्याको समाधान उनी नै हुन्
उसलाई पनि थाहा छ
उनलाई पनि थाहा छ
दुवैको एउटै चाहा छ ।

“थाहा छ उसलाई पनि भित्रैबाट तीव्र भोक छ
चाहा छ उनलाई पनि भोकको तीव्र झोक छ
खाना साथमै छ दुवैका भाँडाभरी प्रष्टै देखिन्छ…
आहा ! तर सँगै खान दुबैलाई समाजमा तीव्र रोक छ !”

के गर्ने अल्झो समाज छ
तगारो संस्कार छ
गजबार संस्कृति छ
बाध्यता सभ्यता छ
ढोका बाहिर र भित्र बनाउँछ
मायाले बिस्तारै पित्र बनाउँछ
दुवै यसका सिकार छन्
दुवैले संस्कृति, परम्परा र समाजलाई धिकार्छन् ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x