साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खिचडी

समाजवादको करेसामा साम्यवादी साँढे ढुकिबस्छ छेउमा कतै पुँजीवादी ढाडे गरीबको भोकोपेट वादले भरिन्छ र खोलावारि खुट्टा कमाई जँघार तरिन्छ र ?

Nepal Telecom ad

हँसिया र हलो हथौड़ा घन तारा
एकैभान्सामा छन् मालिक सर्वहारा
को हो वर्गसत्रु को हो मित्र घाती
कुहिरोको काग झै बनेका छन् साथी ।

पाक्दैछ खिचडी को होला भान्से
फरक छैन हुलिया उस्तै छन् मान्छे
सिद्धान्त आस्था कुर्सीमा टाँसेर
हिंड्छन् स्वार्थीनेता निर्लज्ज हाँसेर ।

भोका र नाङ्गाको कहाँ छ र सत्ता
सबै नेता ढोंगी सबै छन् मईमत्ता
चुनाव हात्तीको देखाउँने दाँत हो
सत्ताको उन्माद मदारीको मात हो ।

हिउँदको सिरेटोले गरीब नै डाम्छ
भोको छ पेट हातखुट्टा काम्छ
न जग्गा जमिन न छ रोजगारी
विसंगत प्रवृत्ति निरन्तर छ जारी ।

जिन्दावाद भनूँ कि मुर्दावाद भनूँ
कि तिम्रा पाप र अपराध गनूँ
समय हो नदी कहाँ फर्कन्छ
असल कर्म गर्न किन पो तर्कन्छ ।

समाजवादको करेसामा साम्यवादी साँढे
ढुकिबस्छ छेउमा कतै पुँजीवादी ढाडे
गरीबको भोकोपेट वादले भरिन्छ र
खोलावारि खुट्टा कमाई जँघार तरिन्छ र ?

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चिहानको चमक

चिहानको चमक

बाबुराम न्यौपाने ‘उत्स’
चार थान ठोक्त्तक

चार थान ठोक्त्तक

बाबुराम न्यौपाने ‘उत्स’
थप्पडको गुन्जन

थप्पडको गुन्जन

बाबुराम न्यौपाने ‘उत्स’
खान्दानी मान्छे

खान्दानी मान्छे

बाबुराम न्यौपाने ‘उत्स’
प्रतिक्रिया

प्रतिक्रिया

बाबुराम न्यौपाने ‘उत्स’
पाँचवटा ठोक्तक

पाँचवटा ठोक्तक

बाबुराम न्यौपाने ‘उत्स’
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x