साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म चुनाव लड्दैछु

राजनीतिमा चाहिने कुरा केही छैन भने किन चुनाव लडेको त भनेर खोचे थाप्नुहोला, त्यसमा तपाईंलाई छुट छ । त्यसको उत्तर खोज्ने भए दिन्छु । मैले ढाँट्नु हुँदैन ।

Nepal Telecom ad

चुनाव आयो, मंसिर ४ गते मैले जित्नुपर्छ । मेरो पनि राजनीतिक दर्शन छ । आफ्नै पार्टी छ । मेरा पार्टीको म संस्थापक । अध्यक्ष म नै हुँ । महासचिव मै हुँ । सचिव, उपाध्यक्ष, कोषाध्यक्ष, कार्यसमिति सदस्य, डन, लठैत, उम्मेद्वार, कार्यकर्ता, सहयोगी, शुभचिन्तक, प्रचारक, मतदाता पनि मेरा पार्टीको मै हुँ । म स्वतन्त्र उम्मेद्वार होइनँ । नजन्मिँदा के थिएँ, थाहा छैन । जन्मिएपछि म स्वतन्त्र भइनँ, चाहेर पनि स्वतन्त्र हुन सकिनँ । अरू सबैले स्वतन्त्रता दिए पनि आमाबाले जन्माई हुर्काई गरेको ऋण छ, मैले आफ्नै जिउ पाल्दा लागेको ऋण छ, राष्ट्रको ऋण छ । यस्तै ऋणले स्वतन्त्रता दिएन ।

स्वतन्त्र नभएकै पिरले त म चुनाव लड्दै छु । एक दिन मात्रै होइन, म दिनदिनै लड्दै छु, छिनछिनै लड्दै छु । मेरो पार्टीको घोषणापत्रमा कसैलाई धुलो चटाउने एजेन्डा छैन । कसैको पत्ता साफ गर्ने कुरा छैन, कसैको नामो निसान मेटाउने लक्ष्य छैन, कसैको कन्तबिजोक पार्ने दमदार अभिव्यक्ति छैन, कसैलाई खुइल्याउने प्रसङ्ग छैन र कसैमा छिर्के हाल्ने चाल नै छैन ।

राजनीतिमा चाहिने कुरा केही छैन भने किन चुनाव लडेको त भनेर खोचे थाप्नुहोला, त्यसमा तपाईंलाई छुट छ । त्यसको उत्तर खोज्ने भए दिन्छु । मैले ढाँट्नु हुँदैन । पर्खेर यसपछिको निबन्ध पढ्नुहोला ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x