साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुङ्गो छुँदा सुन

अब भने बाले दिएको आशीर्वाद सफल भयो तर अलिकति फरक परेछ । बाले ढुङ्गो छुँदा सुन होओस् भन्नुभएको थियो तर उनले छुने बित्तिकै सुन चाहिँ लसुन हो कि ढुङ्गो के पो बनेछ ।

Nepal Telecom ad

तिलकप्रसाद लुइटेल :

आज उनका मनमा झल्झली याद आउँदै छ । सानो छँदैदेखि बाले आशीर्वाद दिँदै आउनुभएको हो— ढुङ्गो छुँदा सुन होओस् । जीवन एक पटक पाइन्छ । जीवन आफ्नो हो । आफ्ना जीवनको जिम्मेवार मानिस आफैँ हुन्छ । जीवनमा कर्म नगरे कहिल्यै फलिफाप हुँदैन । आफ्ना कर्मको जिम्मेदार मानिस आफैँ हो ।

बाले यस्ता ज्ञानगुनका कुरा हरेक तिथिपर्व चाडबाड उत्सव भेलाबैठक सभासम्मेलनमा भन्दै र सुनाउँदै आउनुहुन्थ्यो । फलानाले ती सबै ज्ञानगुन रिठ्ठो नबिराई सुनेकै हुन् । बाको कुरा साह्रै घत लागेको हो । अब उनी आफू पनि हुर्किए । पढेलेखेर जान्नेबुझ्ने भए । बा पनि बिस्तारै अशक्त बिरामी हुँदै सेलाए ।

फलानाका बाले संसार छोडे भन्ने कुरा सबैतिर चर्चा भयो ।

जीवन एक पटक मात्रै पाइँदो रहेछ भन्ने कुरा बा गएपछि फलानालाई थाहा भयो । उनी आफ्नो जीवनका जिम्मेवार पनि बने । कर्म गरेपछि नै फलिफाप हुँदो रहेछ भन्ने कुराको पनि पत्यार लाग्यो । उनले राम्रै कमाए ।

आफ्ना कर्मको जिम्मेवार आफैँ हुने हो भन्ने कुरा बुझ्नै लागेका मात्रै थिए यसै बीचमा आफ्ना बाको अभाव हुन नदिन सट्टा भर्नामा उनलाई छिमेकी बाले शिक्षा दिन थाले । फलानालाई पनि मार्गदर्शक त चाहिएकै थियो । छिमेकी बाको शिक्षा पनि लिए ।

अब भने बाले दिएको आशीर्वाद सफल भयो तर अलिकति फरक परेछ । बाले ढुङ्गो छुँदा सुन होओस् भन्नुभएको थियो तर उनले छुने बित्तिकै सुन चाहिँ लसुन हो कि ढुङ्गो के पो बनेछ ।

०००
कपन, काठमाडौँ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x