सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ज्येष्ठ नागरिक

यी हुन् बोट समानका फल दिने रित्तो बनी आखिर हुन्छन् दङ्ग दिँदा फुरुङ्ग मनले यी ज्येष्ठ भुल्छन् पिर ।

Nepal Telecom ad

बिन्दु दाहाल ‘मूकदर्शक’ :

हाम्रा ज्येष्ठ सबै बुबा र जननी सम्पत्ति हुन् देशका
हामी हार्दिक स्वच्छ भाव उनमा राखौँ सधैँ बेसका
बोल्दा शिष्ट विचारले सुजन हो आदर गर्ने गरौँ
हाम्रा हुन् गहना बुझौँ हृदयले सद्भाव उम्दा छरौँ ।

झर्को मान्नु हुँदैन ज्येष्ठसँग यी हाम्रा सहारा बनून्
हाँसी मस्त सबै रमाउन सकून् सन्तान राम्रा भनून्
भोकै राख्नु हुँदैन ज्येष्ठ जनको विश्वास जित्ने गरौँ
आशीर्वाद लिई समग्र जनले कर्तव्य साँचो भरौँ ।

खाजा भात चिया यथा समयमा पाऊन् सबै ज्येष्ठले
लाग्दा रोग गरौँ दवाई तिनको दुःखी नहुन् कष्टले
हुन् भण्डार विवेक बुद्धि गुणका थापौँ फिजाई कर
बाआमा हजुरी भए हजुरबा बन्छौँ त्यसै निर्भर ।

यी हुन् बोट समानका फल दिने रित्तो बनी आखिर
हुन्छन् दङ्ग दिँदा फुरुङ्ग मनले यी ज्येष्ठ भुल्छन् पिर
गीता वेद कुरानका जनक हुन् सर्वोच्च हुन् ध्यानका
न्यासी छन् दिलका सुधा भुवनका हुन् वृक्ष यी ज्ञानका ।

माया प्रेम अथाह भित्र दिलको बाँडेर बाँच्छन् सधैँ
पीडामै पनि ज्येष्ठ नागरिक यी हाँसेर बाँच्छन् सबै
हाम्रो धर्म र कर्मका सफरका कर्तव्य हो साधन
हाम्रा ज्येष्ठ सुपूज्य छन् हृदयले आदर्श हो आर्जन ।

०००
दमक, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जन्मे फेरि मुसा

जन्मे फेरि मुसा

बिन्दु दहाल ‘मूकदर्शक’
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’
कालो सर्प

कालो सर्प

बिन्दु दहाल ‘मूकदर्शक’
छन् यहाँ

छन् यहाँ

बिन्दु दहाल ‘मूकदर्शक’
गोरु ब्याए

गोरु ब्याए

बिन्दु दहाल ‘मूकदर्शक’
आमा भन्छिन्

आमा भन्छिन्

रामशरण न्याैपाने
बुढ्यौलीको सूचक र कर्म

बुढ्यौलीको सूचक र कर्म

श्रीधर लामिछाने
भो जीवनी बन्जर (७)

भो जीवनी बन्जर (७)

हेम अधिकारी
बाबाआमा रमाऊन्- (०१)

बाबाआमा रमाऊन्- (०१)

दीनानाथ पाेखरेल
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा