साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिक

यी हुन् बोट समानका फल दिने रित्तो बनी आखिर हुन्छन् दङ्ग दिँदा फुरुङ्ग मनले यी ज्येष्ठ भुल्छन् पिर ।

Nepal Telecom ad

बिन्दु दाहाल ‘मूकदर्शक’ :

हाम्रा ज्येष्ठ सबै बुबा र जननी सम्पत्ति हुन् देशका
हामी हार्दिक स्वच्छ भाव उनमा राखौँ सधैँ बेसका
बोल्दा शिष्ट विचारले सुजन हो आदर गर्ने गरौँ
हाम्रा हुन् गहना बुझौँ हृदयले सद्भाव उम्दा छरौँ ।

झर्को मान्नु हुँदैन ज्येष्ठसँग यी हाम्रा सहारा बनून्
हाँसी मस्त सबै रमाउन सकून् सन्तान राम्रा भनून्
भोकै राख्नु हुँदैन ज्येष्ठ जनको विश्वास जित्ने गरौँ
आशीर्वाद लिई समग्र जनले कर्तव्य साँचो भरौँ ।

खाजा भात चिया यथा समयमा पाऊन् सबै ज्येष्ठले
लाग्दा रोग गरौँ दवाई तिनको दुःखी नहुन् कष्टले
हुन् भण्डार विवेक बुद्धि गुणका थापौँ फिजाई कर
बाआमा हजुरी भए हजुरबा बन्छौँ त्यसै निर्भर ।

यी हुन् बोट समानका फल दिने रित्तो बनी आखिर
हुन्छन् दङ्ग दिँदा फुरुङ्ग मनले यी ज्येष्ठ भुल्छन् पिर
गीता वेद कुरानका जनक हुन् सर्वोच्च हुन् ध्यानका
न्यासी छन् दिलका सुधा भुवनका हुन् वृक्ष यी ज्ञानका ।

माया प्रेम अथाह भित्र दिलको बाँडेर बाँच्छन् सधैँ
पीडामै पनि ज्येष्ठ नागरिक यी हाँसेर बाँच्छन् सबै
हाम्रो धर्म र कर्मका सफरका कर्तव्य हो साधन
हाम्रा ज्येष्ठ सुपूज्य छन् हृदयले आदर्श हो आर्जन ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
बोक्रा महान् बन्दछन्

बोक्रा महान् बन्दछन्

बिन्दु दहाल ‘मूकदर्शक’
ऊ प्रगतिशील

ऊ प्रगतिशील

बिन्दु दहाल ‘मूकदर्शक’
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x