साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासुदेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्यका हस्ती चट्याङ मास्टरलाई

नेपाली हास्यव्यङ्ग्यका अभिभावक मानिनु हुने वासुदेव लुइँटेल जीवितै हुँदा रु. १३ लाख अक्षयकोषमा राखि २०५१ सालदेखिनै यो पुरस्कार प्रदान गरिँदै आएको छ । नेपाली हास्यव्यङ्ग्यका शिद्धहस्त र ख्यातिप्राप्त स्रष्टा एवम् कलाकारहरूले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।

Nepal Telecom ad

काठमाडौं, ०८० साउन १८ । हास्यव्यङ्ग्यका क्षेत्रमा अत्यन्त सम्मानित र लोकप्रिय मानिदै आएकोे ‘वासुदेव लुइँटेल पुरस्कार’ यस वर्षका लागि हास्यव्यङ्ग्यकार चटयाङ मास्टरलाई प्रदान गरिने भएको छ ।

वासुदेव–विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्रा.डा. सुष्मा आचार्यले प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी दिनु भएको हो ।

वि.संं.२०५० सालमा स्थापित वासुदेव–विद्यादेव गुठीले हास्यव्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत र जनमानसमा प्रसिद्धि कमाएका प्रतिभाहरूमध्येबाट छनौट गरी ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गर्दै आएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार हास्यव्यङ्ग्य क्षेत्रका धरोहर वासुदेव लुइँटेलको नाममा स्थापित ‘वासुदेव लुइँटेल पुरस्कार’ यसपटक ‘चट्याङ मास्टर’ नामले चिनिएका कृष्णमुरारि गौतमलाई प्रदान गरिने भएको छ । ‘वासुदेव–विद्यादेव लुइँटेल गुठी’ले हास्यव्यङग्यकार ‘चट्याङ मास्टर’ लाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

विशेष समारोहको आयोजना गरि आगामी भदौ २३ गते चट्याङ मास्टरलाई प्रदान गरिने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली हास्यव्यङ्ग्यका अभिभावक मानिनु हुने वासुदेव लुइँटेल जीवितै हुँदा रु. १३ लाख अक्षयकोषमा राखि २०५१ सालदेखिनै यो पुरस्कार प्रदान गरिँदै आएको छ । नेपाली हास्यव्यङ्ग्यका शिद्धहस्त र ख्यातिप्राप्त स्रष्टा एवम् कलाकारहरूले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।

भूतको भिनाजु, नैकापे काका आदिका नामले सुपरिचित वासुदेव लुइँटेल र भैरव अर्यालको सक्रियतामा कौवा प्रकाशन स्थापना गरी २०२० कै दशकमा ‘छ्याकन’, ‘काउकुती’, ‘गलबन्दी’, ‘भालु पुराण’ ‘भूत छैन’, ‘डाढो’, ‘भीमसेन पाती’ जस्ता हास्यव्यङ्ग्य पुस्तकहरू प्रकाशित भएका थिए ।

यो बहुचर्चित र लोकप्रिय पुरस्कार प्राप्त गर्नुहुने चटयाङ मास्टर नेपाली हास्यव्यङ्ग्यका कुशल शिल्पी हुनुहुन्छ । उहाँका ‘चट्याङ–गीता’ नामका ७ वटा हास्यव्यङ्ग्य कृति प्रकाशित छन्, सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष चट्याङ मास्टरले पछिल्लो चरणमा हास्यव्यङ्ग्यको संस्थागत संवर्धन र विकासमा उल्लेखनीय योगदान प्रदान गर्नु भएको छ ।

फित्कौली डटकममा झण्डै एक वर्षसम्म दिनको एउटा हास्यव्यङ्ग्य रचना लेखेर पाठकहरूलाई चकित पार्ने चट्याङ वर्तमानमा हास्यव्यङ्ग्यको अनलाइन पत्रिका फित्कौली डटकमका सल्लाहकार हुनुहुन्छ । वासुदेव लुइँटेल पुरस्कार प्राप्त गर्नुभएकोमा फित्कौली डटकम उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x