साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशीर्वाद

मामू शान्त हुनुभयो । त्यही मौकामा मैले थपेँ– ‘महंगीले आकाश छोएपछि जतिसुकै कन्जुस्याइँ गर्दा पनि योजना फेल हुने रहेछ ।’

Nepal Telecom ad

गरिमा आचार्य :

‘खर्च गर्दागर्दै प्लान फेल भो माम !’ २५० रुपैयाँ फिर्ता दिँदै मलिन आवाजमा मैले भनेँ ।

‘मागभन्दा बढ्ता रुपैयाँ हात परेपछि प्लान फेल गर्ने तिम्रो पुरानै रोग हो नानी !’ मामूले रोष मिश्रित स्वर निकाल्नुभयो ।

‘अरु दिन जे भने पनि आजको दिन त नकराउनुस् ।’ मैले पनि उस्तै स्वर निकाल्न खोजेँ ।

केही नम्र भएर उहाँले भन्नुभयो, ‘उसो भा हिसाब देखाऊ त ?’

‘वरपरका भाइबहिनीलाई बाँड्न ३७० रुपैयाँको चकलेट, मेरा साथीहरूलाई हातमा थम्याउन २३० को चोकोपन, तीनवटी सँगिनीका लागि १५० रुपैयाँको आइस्क्रिम ।’ मैले फेहरिस्त सुनाएँ ।

मामू शान्त हुनुभयो । त्यही मौकामा मैले थपेँ– ‘महंगीले आकाश छोएपछि जतिसुकै कन्जुस्याइँ गर्दा पनि योजना फेल हुने रहेछ ।’

आफूलाई केही नराखी मैले साथीहरूका लागि मात्रै रकम खर्च गरेको देखेर उहाँ पग्लनुभयो । बाँकी पैसो फिर्ता लिन रुचाउनुभएन । उल्टै मेरा गाला सुम्सुम्याउँदै भन्नुभयो– ‘यस धर्तीमा सर्वप्रथम मलाई आमाको दर्जा दिलाउने प्यारी छोरीलाई कोटीकोटी आशीर्वादका साथ जन्मोत्सवको शुभकामना !!!’

०००
२०८०।०४।१६
कक्षा– टि बार, श्री जनता प्राविधिक मावि,

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोकतन्त्र

ठोकतन्त्र

गरिमा आचार्य
लाजको डर

लाजको डर

गरिमा आचार्य
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x