साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोकतन्त्र

आफूतिर तेर्सिएका प्रश्नको सम्बोधनमा ती शिक्षक भन्दै थिए; ‘कसले हान्यो चिनिनँ । किन हान्यो जानिनँ ? पाँचसात जनाले मज्जाले गोदे ।

Nepal Telecom ad

आज म अनिवार्य गणितको विषयको एसईई परीक्षा दिँदै थिएँ । जानेको लेखेर नजानेको सम्झँदै थिएँ ।

पछाडिबाट आएको होहल्लाले मेरो ध्यान तान्यो । शिक्षकले सिकाइ दिएनन् भन्ने गुनासो सुनिँदै थियो ।

शिक्षक भन्दै थिए; ‘अरे बाबा, म त प्रावि तहको शिक्षक हुँ । मलाई म्याथ आउँदैन ।’

‘आउँदैन भने किन शिक्षकको पगरी गुथेको त ?’ एउटा काले विद्यार्थी भद्दा गाली बर्साउन थाल्यो ।

तुरुन्तै अर्की मोटी पड्कन थाली; ‘विद्यार्थी ठगेर तलव पचाउने मास्टरका सामु मुख लाग्नु बेक्कार छ ।’

आफ्नो बचाउमा शिक्षक भन्दै थिए, ‘म परीक्षा लिन आएको सिकाउन हैन । शिक्षकको मर्यादा नराख्ने हो भने परीक्षाको मर्यादा उलंघनको आरोपमा हदै सम्मको कार्वाही हुनसक्छ । होस् गर्नू ।’

‘लोकतन्त्रमा बोल्दैमा कसरी कार्वाही हुन्छ, हेरौँ त ?’ सबैजसो विद्यार्थीहरू तातिन थाले । अरू सरहरू आएर परिस्थिति थामथामथुमथुम पारे ।

म परीक्षा हलबाट नास्ता खान होटल छिरेँ । घर फर्कँन बसमा चढेँ । बाटामा तिनै म्याथ नजान्ने सरको टाउको फुटेको पाएँ ।

आफूतिर तेर्सिएका प्रश्नको सम्बोधनमा ती शिक्षक भन्दै थिए; ‘कसले हान्यो चिनिनँ । किन हान्यो जानिनँ ? पाँचसात जनाले मज्जाले गोदे । आआफ्नो झोला बोके र कुलेलम ठोके ।’

२०७९-०१-११ उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आशीर्वाद

आशीर्वाद

गरिमा आचार्य
लाजको डर

लाजको डर

गरिमा आचार्य
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x