साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा देशमा दुईटा देश

एउटा देश मार्सी-भात खाएर देश हाँक्नेहरूको देश अर्को देश मार्सी धान रोपेर भोकै सुत्नेहरूको देश एउटा देशमा दुईटा देश ।

Nepal Telecom ad

एउटा देशमा
दुईटा देश
एउटा देश चिलगाडी चडेर
नदी तर्नेहरूको देश
अर्को देश तुइनमा झुन्डिएर
नदी तर्नेहरूको देश
एउटा देशमा
दुईटा देश
एउटा टुप्पा
अर्को ठेक (पिँध)
एउटा देशमा
दुईटा देश
एउटा देश हेलिप्याड चडेर
भोट माग्नेहरूको देश
अर्को देश तुइनमा झुन्डिएर
भोट हाल्नेहरूको देश
एउटा देशमा
दुईटा देश
एउटा टुप्पा
अर्को ठेक ।

एउटा देशमा
दुईटा देश
एउटा देश रुघा लागे हाछ्युँ गर्न
सिंगापुर जानेहरूको देश
अर्को देश दम लागे आस्थालिन नपाई
चिहान जानेहरूको देश
एउटा देशमा
दुईटा देश
एउटा टुप्पा
अर्को ठेक ।

एउटा देशमा
दुईटा देश
एउटा देश मार्सी-भात खाएर
देश हाँक्नेहरूको देश
अर्को देश मार्सी धान रोपेर
भोकै सुत्नेहरूको देश
एउटा देशमा
दुईटा देश
एउटा टुप्पा
अर्को ठेक ।

एउटा देशमा
दुइटा देश
एउटा देश नचुहुने छानाहरूको देश
जसले पानी पर्दा
झरीको संगीत सुनेर बस्छ
अर्को देश चुहुने छानाहरूको देश
जसले पानी पर्दा
कचौरा थापेर बस्छ ।
एउटा देशमा
दुईटा देश
एउटा टुप्पा
अर्को ठेक ।

एउटा देशमा
दुईटा देश
एउटा देश हुकुमहरूको देश
जसले दास उत्पादन गर्छ
अर्को देश गुलामहरूको देश
जसले दास जन्माउने गर्छ
एउटा देशमा
दुईटा देश
एउटा टुप्पा
अर्को ठेक

एउटा देशमा
दुईटा देश
एउटा देश मालिकहरूको देश
जसले रातो बाकसमाथि उभिएर गाउँछ
सयौँ फूलका थुंगा हामी
एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची-महाकाली
अर्को देश दासहरूको देश
जसले रातो बाकसमुनि थिचिएर गाउँछ
सयौँ फूलका थुंगा हामी फरक माला नेपाली
दास भई फैलिएका अरब मुलुक खाडी
दास भई फैलिएका प्रदेश मुलुक खाडी
एउटा देशमा
दुइटा देश
एउटा टुप्पा
अर्को ठेक
वर्गदेश ।

वर्गदेशमा
दास उत्पादनको भाँडो फुटालेर
एकदिन जन्मिन्छ स्पार्टाकस
यही वर्गसंघर्ष हो
दिस इज क्लास स्ट्रगल ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x