साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

कहिले कता तामेल भइने हो थाहा छैन खुट्टाले खेल्ने खेल भइने हो थाहा छैन झुक्याउँदै परीक्षा लिइरहन्छ जिन्दगीले कुन परीक्षामा फेल भइने हो थाहा छैन ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
निर्धाको विपक्षमा सम्मति किन हुन्छ
सधैको अव्यवस्था बेथिति किन हुन्छ
जहिलेसुकै फाइदामा छन् बेइमानहरू
इमानदारलाई सधै फजिति किन हुन्छ ।

२.
कहिले कता तामेल भइने हो थाहा छैन
खुट्टाले खेल्ने खेल भइने हो थाहा छैन
झुक्याउँदै परीक्षा लिइरहन्छ जिन्दगीले
कुन परीक्षामा फेल भइने हो थाहा छैन ।

३.
रस चुस्नेहरू छुट्टै छन् काँडा अनाहक बदनाम हुन्छ
भन्न सकिन्न कतिबेला यो मन बर्बादीको सर्जाम हुन्छ
सञ्चै होला नि भन्ने खबर पठाउनु भएछ खुशी लाग्यो
जून छैन भने आकाशमा धर्तिलाई कसरी आराम हुन्छ ।

४.
जुवा हारेको जुवाडेलाई लगानी गरेको धनजस्तो
जताततै फुङ्ग उजाड ढढेलोले खाएको वनजस्तो
किन कुरूप विद्रुप र अभिशप्त लाग्दैछ वर्तमान
प्रिय वस्तु गुमाएपछिको शोक सन्तप्त मनजस्तो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x