साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छम्का गुल्याली

आफ्रेनी आमाहरू....., “न्याय निति मर्नु हुन्न, आरु फुल्याली फुल्याली” “पापी बाँच्नु हुन्न अछामका लेक, बझाङ्गका धुर, छम्का गुल्याली” छम्का गुल्याली ।

Nepal Telecom ad

एमपी पाण्डे :

यस्तै हुन्छ
भैरहन्छ
अराजक भान्छाहरूमा
चम्चाहरूले भाँडो कब्जा गरेपछि
कोइ भोकाको भोकै
खोइ खाएको खायै
एक्लाएक्लै मन दुखाई रहन्छन्
जहाँनिया शासनको आरोप खेपेका
डाँडु र पन्युहरू ।

सुनिदैछ
फेरि एकत्रित हुँदैछन् रित्ता थालहरू
हिजोअस्ती खसाएको पसिना
बगाएको रगतले न्याय नपाएपछि
एकरत्ति फेरिएन पूर्ववत प्रवृत्ति
ज्युँका त्युँ छ, भान्छेको चालचलन
भान्छाको रंगरोगन फेरिए पनि ।

भित्रभित्रै
पिरिएका छन् भरीभराउ भाँडाहरू पनि
थोर बहुत पनि पूरा भएन
आफू आगोमा जलेर, गलेर
जलेका, बलेका पेटहरू अघाउने
एकमात्र सपना समेत
नुनको सोझो गर्न पाएको छैन
नुनले समेत
परिबर्तनको आँखामा आएर फुलो बनेको छ
दाल–तरकारीमा समाहित भएर
स्वादमा रुपान्तरण हुनु पर्ने खुर्सानी
प्रतिगामीहरूको भतेर भएको छ
तातो भात
भर्खरै
छाकबास नपाएर मरे रे…..
न्याय, समानताका मलामीहरू ।

दिनहुँ
थोका धोका भन्दै
एक्लै चिच्च्याई रहेकी छे
माइतीघर माण्डलाको पेरिफेरिबाट
आफ्नै सहकर्मीहरूद्वारा
पागल करार गरिएकी क्रान्ति ।

कुन दिन
कानुनका आँखामा बाँधेको कालोपट्टि खोसेर
कात्रो भिरेर निस्किने छ
सुकेका आन्द्राहरूको जुलुस….
यिनै हातहरूले बनाएका हुन्
काँटा, चम्चाहरू….
चम्चाहरूलाई हेक्का भए…..!!

फलाम तात्दैछ
लालबिरेहरूको आरनमा
पंखा फुक्दै लालुभाखा गाउदैछिन्
आफ्रेनी आमाहरू…..,
“न्याय निति मर्नु हुन्न, आरु फुल्याली फुल्याली”
“पापी बाँच्नु हुन्न अछामका लेक, बझाङ्गका धुर, छम्का गुल्याली”
छम्का गुल्याली ।
छम्का गुल्याली ।।

०००
१०–१२–०७९
बाजपा ३ अछाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म

एमपी पाण्डे
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
हाडमासुको रोबर्ट

हाडमासुको रोबर्ट

एमपी पाण्डे
दशैंघरबाट

दशैंघरबाट

एमपी पाण्डे
कुखुरी काँ

कुखुरी काँ

एमपी पाण्डे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x