साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्भवामि युगेयुगे

ल ! अरु लामो कुरा अहिले नगरौं यदि तपाईंमा सामर्थ्य  छ भने वहुआयामिक आजको विश्वरुपलाई चिनेर देखाउनुस् भन्नुस्, भन्नुस् निर्धक्कसँग ...।

Nepal Telecom ad

— ऊँ विश्वरुपाय नमः —अर्थात् म ती विश्वरुपलाई नमन गर्दछु । बाध्यता भनुँ या करबल छल नकारात्मकताको ‘न’ वा सकारात्मकताको ‘स’ ले मेरो नशानशा छोइसकेको छ भनुँ कुरा एउटै हो अचारको ‘अ’ले जिब्रो फट्कार्छ आचारको ‘आ’ मेरो आवश्यकता भरथेग गर्छ ।

— यहाँ मैले उहिलेका आराध्यदेवको स्मरण स्तुति गर्न खोज्दैछु भनेर यतिकैमा जडसूत्रवादी यथास्थितिता धुपौरे भनेर नबुझौं नठानौं । म त वर्तमानको मान्छे, यति कट्टर मान्छे कि मेरो कुनै काँट छैन ।

— ऊ अक्सर यस्तै फलाक्ने मान्छे हो, दर्शन छाँट्ने मान्छे हो । अरुले बुझुन् नबुझुन् आफ्नै कुरामा आफै मुन्टो हल्लाउने र पाखुरा सुक्र्याउने हो । एक थान म मात्रै होइन बथानै बाध्य त उनका कुरा सुन्नेमा । खोयाबिर्के खोलेपछि त पङ्खा के घुम्छ त्यो भन्दा किक्कै कुरा हुँइकिन्छ, जडप्रसादजीको । मैले भने अरे जडजी, अलिकति त चल्नुस्, चलायमान बन्नुस् के म सालिक झैं उभिएको छु त ! त्यो विश्व रुपको आधुनिकीकरणमा जुन स्वरुपको दर्शन गराउँदै छु, तिनको बारेमा सुन्नुस् अनि भन्नुस् । उहाँ अर्थात् विश्वरुपीको पहिचान भएर पनि हामी निर्विकार रुपमा अन्जान बनिरहेका छौं । जसलाई हामी प्रत्येक दिन छिनका छिन सँगै सँगालिरहेछौं । तिकै शरणमा जीवनमरण सुम्पिरहेका छौं । अझ त साँच्चिकै भन्ने हो भने सर्वधनम् प्रधानम्को रुपमा अंगअंगमा सोचिरहेछौं । उहाँ अन्तरयामी हुनुहुन्छ । उहाँ अपार धनसञ्चय कर्ता हुनुहुन्छ । अरुको धनमा औंला बटारेर परपर थुपारे पनि एउटी स्वप्न धन सवभन्दा सञ्चयन गरेर पनि फुक्का हातले लुटाइरहनु हुन्छ । ल ! अरु लामो कुरा अहिले नगरौं यदि तपाईंमा सामर्थ्य  छ भने वहुआयामिक आजको विश्वरुपलाई चिनेर देखाउनुस् भन्नुस्, भन्नुस् निर्धक्कसँग …।

— कसैले के भने कसैले के ? सवैका कुरा निर्धक्कसँग मुसुमुसु हाँस्दै सुन्दै गर्नुभयो । अन्तमा खुइय सुस्केरा फाल्दै भन्नुभयो- अर्थात् आज विश्वरुप अरु होइन हाम्रा भाग्यरेखा मुठ्ठीमा लिएका नेता हुनुहुन्छ नेता । त्यसपछि …!

०००
गोकर्णेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x