साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहासन र अनुहार

यसरी कैयन् दशकसम्म सिंहासन प्राप्तगर्ने नयाँनयाँ अनुहार आउनथाले । सिंहासन त्यही थियो । अनुहार फरक हुन्थे । सिंहासनको विधिचाहिं परिवर्तन हुन सकेन ।

Nepal Telecom ad

युवराज मैनाली :

त्यस आर्यावर्तमा एउटा विशाल राज्य थियो । शासकहरू अमरत्व प्राप्तिको रहस्य थाहापाउन लालायित थिए । उनीहरूको ठहर थियो ।‘जो अमरणशील छ, ऊ नै सत्ताको अधिकारी हुन पाउँछ ।’ विद्वत् समाजको सोचचाहिं वेग्लै थियो ।, ‘अमरत्व शरीरमा होइन, कर्ममा हुन्छ ।’ यस कुरालाई शासकहरूले वेवास्ता गरेका थिए ।

उनीहरूले वौद्धिक, ज्ञान–अनुसन्धानलाई महत्वदिएका थिएनन् । यिनीहरूले जनसुमदायको कल्याणलाई ध्यानदिंदैनथे । शासकहरू आफू र आफ्नो परिवार मात्र समृद्ध हुने दाउमा हुन्थे। समय व्यतित हुँदै गइरहेको थियो ।

शासकका चाहनामा भव्यअट्टालिका महलहरूनिर्माण हुँदै गए । दुर्ग, किल्ला र भव्यभ्यू टावरहरूको स्थापनाहुँदै गयो । जमिन धाँजा पर्दैैगयो । नदीनाला सुक्दै गए । पहिरो र भूस्खलनमा राज्यका अधिकांश पर्वतमालाहरू धरासायी हुँदैगए । प्रकृति तिमिराच्छन्न हुँदैगयो ।

‘दरवार परिसरभित्र उत्सव चलिरहेको थियो । त्यस राज्यमा हरेक दशकभित्र सिंहासन फेरिनुपर्थ्यो जसले सिंहासनवाजी मार्थ्यो । अघिल्लो दशकसम्म ऊ नै सुरक्षित रहन्थ्यो ।

यसरी कैयन् दशकसम्म सिंहासन प्राप्तगर्ने नयाँनयाँ अनुहार आउनथाले । सिंहासन त्यही थियो । अनुहार फरक हुन्थे । सिंहासनको विधिचाहिं परिवर्तन हुन सकेन ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
काउसो ब्रह्माण्ड

काउसो ब्रह्माण्ड

युवराज मैनाली
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x