युवराज मैनालीसिंहासन र अनुहार
यसरी कैयन् दशकसम्म सिंहासन प्राप्तगर्ने नयाँनयाँ अनुहार आउनथाले । सिंहासन त्यही थियो । अनुहार फरक हुन्थे । सिंहासनको विधिचाहिं परिवर्तन हुन सकेन ।

युवराज मैनाली :
त्यस आर्यावर्तमा एउटा विशाल राज्य थियो । शासकहरू अमरत्व प्राप्तिको रहस्य थाहापाउन लालायित थिए । उनीहरूको ठहर थियो ।‘जो अमरणशील छ, ऊ नै सत्ताको अधिकारी हुन पाउँछ ।’ विद्वत् समाजको सोचचाहिं वेग्लै थियो ।, ‘अमरत्व शरीरमा होइन, कर्ममा हुन्छ ।’ यस कुरालाई शासकहरूले वेवास्ता गरेका थिए ।
उनीहरूले वौद्धिक, ज्ञान–अनुसन्धानलाई महत्वदिएका थिएनन् । यिनीहरूले जनसुमदायको कल्याणलाई ध्यानदिंदैनथे । शासकहरू आफू र आफ्नो परिवार मात्र समृद्ध हुने दाउमा हुन्थे। समय व्यतित हुँदै गइरहेको थियो ।
शासकका चाहनामा भव्यअट्टालिका महलहरूनिर्माण हुँदै गए । दुर्ग, किल्ला र भव्यभ्यू टावरहरूको स्थापनाहुँदै गयो । जमिन धाँजा पर्दैैगयो । नदीनाला सुक्दै गए । पहिरो र भूस्खलनमा राज्यका अधिकांश पर्वतमालाहरू धरासायी हुँदैगए । प्रकृति तिमिराच्छन्न हुँदैगयो ।
‘दरवार परिसरभित्र उत्सव चलिरहेको थियो । त्यस राज्यमा हरेक दशकभित्र सिंहासन फेरिनुपर्थ्यो जसले सिंहासनवाजी मार्थ्यो । अघिल्लो दशकसम्म ऊ नै सुरक्षित रहन्थ्यो ।
यसरी कैयन् दशकसम्म सिंहासन प्राप्तगर्ने नयाँनयाँ अनुहार आउनथाले । सिंहासन त्यही थियो । अनुहार फरक हुन्थे । सिंहासनको विधिचाहिं परिवर्तन हुन सकेन ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































