युवराज मैनालीलड्का ट्राभल्स व्हेन हनुमान
बुद्ध, गान्धी, अल्लाह, इशाह त उनीहरूलाई किस्साको रूपमा बताइएको थियो, त्यो पनि जिरो आवरमा । आखिर किस्सा त किस्सा हो, सुनिसकेपछि फुस्सा। यो फुस्साबाहेक बाँकी रहेको लड्का ट्राभल व्हेन हनुमान हो ।

युवराज मैनाली :
चेपारे र छेपारे पाए लतारे नपाए गुहारे यो शब्द सुहाउँदो किन ? कसलाई ? कहाँ ? कति बेला भन्ने कुरा यहाँ सामयिकी तरवारको धारमा हिँडिरहेका, गुडिरहेका, उडिरहेका सबैलाई बेसारेको लगाझै छ र स्पष्ट छ । ‘ऋण कृत्वा घृतम् पिवेत ऋण सर्वफलम जनता जर्नादन समर्पयेत तेन भव्य प्रसाद एवं द्रव्य सप्त सागरेन सञ्चयेत तेन सम्भाषणेन ‘सदा इदम् संसार अनित्य उदं संसार अनित्य’ भन्दै हिँड्छन ।
यो अर्को क्लु हो दिमागको नशा मोटा भयाका लागि, बभयो कठिन झन् बुझ्यो झन् कठिन नबुझे केको लन्ठा केको टनटन ? बुझेरै पनि के लछाऱ्या छन् । टेन्सन बोक्यो दिमाग ततायो तीतेपाती मुखले ओकल्यो । यही नै हो । आफैंले पारेको पोको सकी नसकी बोक्यो ।
हास्यसम्राट् महको भकुण्डे भूतको फोहरको रासझै जति फाले पनि आफ्नै दैलोमा पस्यो । यसको रोजनामचा लेख्न बस्यो कि भने पनि हुने अजित पनि फजित । जसका बारेमा लेख्यो, तिनका त ज्ञान, इन्द्रिय सायद छैनन् । यसैले जसले जति लेखे पनि, बोले पनि, देखाए पनि, देख्ने, सुन्ने, सुँघ्ने गरेको आजसम्म कुनै लक्षण भेटिनँ अथवा भेट्टाउन सकेको छैन ।
यै हाराहारीमा विवेक सप्पै बैङ्कमा पो राख्या छन् कि क्या हो चम्चेहरूले पनि । चम्चे आम्मै के भन्दै छु म विवेक हुँदाे हो त चम्चे नै किन बन्दा हुन् ? पूरापूर डाडु, पन्यू खड्कौँला नै बन्थे तर मान्नै पर्छ बा ! चम्चेहरूको अपार शक्ति हुँदोरहेछ । चाहे चम्चा स्टिलको होस्, टिनको होस्, प्लास्टिक वा काठकै किन नहोस् फटाल्न बिगार्न आगो पार्न समर्थ खप्पिस । हलिउड, बलिउडबाट सरर फैलिदै आएको कलिउडीय संस्कारको रङमा कलरफुल आगोवादीको स्याबासीले भोलिलाई आफू खरानी नहुने भए पनि फुरुङ्ग फुल्दै अर्केस्ट्राका अन्तर्निहित प्रस्फुटन यिनीहरूका पनि उच्चतम नादमा पुगेर आह्लादित हुन्छन् हृदयगगन ।
तृप्तता, लिप्तताको पुलकित भावातित तरङ्गमा सुरम्य हुँदा हुन् यिनका जीवन । साँच्चै यिनीहरूबाटै हामी केमा थियौं ? केबाट आयौँ भन्ने स्वतःस्फूर्त सम्झना हुन आउँछ । यस्तो हैसियत र स्थिति बुझाउने परम् कर्तव्य निभाइरहेकालाई अरू सबै खतबेखत एकातिर राखेर उचित ध्यान गर्नु आराधना गर्नु एक प्रकारको कर्तव्य हो ।
सिकायो जमानाले सिक्यो मनुष्यले जे जान्यो त्यै गर्यो । नसिकाएको भए जान्ने नै थिएन, कुरा यो प र्याे। गुरुले लघु पढाए खुरुखुरु भट्यायो । गुरु नै पढाउन बिर्से गुरुले त । फसाद यसैमा पन्यो भने कुन्नि कुनचाहिँ सायरले लेख्याथ्यो र कुनचाहिँले गाएथ्यो ‘जमाने ने जो दिया था बही गीतों मे दिया है इसपर भी जमानेको गिला है हम कुछ नही कहते हम कुछ नहीं कहते ।’ यस्तै-यस्तै दिइएकै यस्तै रहेछ र पो त्यसको प्रयोग उनीहरूले गरे। दिंदै नदिएको उनीहरूसँग कहाँ हुनु अनि कहाँ प्रयोग गर्नु। बुद्ध, गान्धी, अल्लाह, इशाह त उनीहरूलाई किस्साको रूपमा बताइएको थियो, त्यो पनि जिरो आवरमा । आखिर किस्सा त किस्सा हो, सुनिसकेपछि फुस्सा। यो फुस्साबाहेक बाँकी रहेको लड्का ट्राभल व्हेन हनुमान हो ।
०००
भ्रष्टाचारको भाङ (२०६५)
Subscribe
Login
0 Comments
Oldest








































