साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लड्का ट्राभल्स व्हेन हनुमान

बुद्ध, गान्धी, अल्लाह, इशाह त उनीहरूलाई किस्साको रूपमा बताइएको थियो, त्यो पनि जिरो आवरमा । आखिर किस्सा त किस्सा हो, सुनिसकेपछि फुस्सा। यो फुस्साबाहेक बाँकी रहेको लड्‌का ट्राभल व्हेन हनुमान हो ।

Nepal Telecom ad

युवराज मैनाली :

चेपारे र छेपारे पाए लतारे नपाए गुहारे यो शब्द सुहाउँदो किन ? कसलाई ? कहाँ ? कति बेला भन्ने कुरा यहाँ सामयिकी तरवारको धारमा हिँडिरहेका, गुडिरहेका, उडिरहेका सबैलाई बेसारेको लगाझै छ र स्पष्ट छ । ‘ऋण कृत्वा घृतम् पिवेत ऋण सर्वफलम जनता जर्नादन समर्पयेत तेन भव्य प्रसाद एवं द्रव्य सप्त सागरेन सञ्चयेत तेन सम्भाषणेन ‘सदा इदम् संसार अनित्य उदं संसार अनित्य’ भन्दै हिँड्छन ।

यो अर्को क्लु हो दिमागको नशा मोटा भयाका लागि, बभयो कठिन झन् बुझ्यो झन् कठिन नबुझे केको लन्ठा केको टनटन ? बुझेरै पनि के लछाऱ्या छन् । टेन्सन बोक्यो दिमाग ततायो तीतेपाती मुखले ओकल्यो । यही नै हो । आफैंले पारेको पोको सकी नसकी बोक्यो ।

हास्यसम्राट् महको भकुण्डे भूतको फोहरको रासझै जति फाले पनि आफ्नै दैलोमा पस्यो । यसको रोजनामचा लेख्न बस्यो कि भने पनि हुने अजित पनि फजित । जसका बारेमा लेख्यो, तिनका त ज्ञान, इन्द्रिय सायद छैनन् । यसैले जसले जति लेखे पनि, बोले पनि, देखाए पनि, देख्ने, सुन्ने, सुँघ्ने गरेको आजसम्म कुनै लक्षण भेटिनँ अथवा भेट्टाउन सकेको छैन ।

यै हाराहारीमा विवेक सप्पै बैङ्कमा पो राख्या छन् कि क्या हो चम्चेहरूले पनि । चम्चे आम्मै के भन्दै छु म विवेक हुँदाे हो त चम्चे नै किन बन्दा हुन् ? पूरापूर डाडु, पन्यू खड्‌कौँला नै बन्थे तर मान्नै पर्छ बा ! चम्चेहरूको अपार शक्ति हुँदोरहेछ । चाहे चम्चा स्टिलको होस्, टिनको होस्, प्लास्टिक वा काठकै किन नहोस् फटाल्न बिगार्न आगो पार्न समर्थ खप्पिस । हलिउड, बलिउडबाट सरर फैलिदै आएको कलिउडीय संस्कारको रङमा कलरफुल आगोवादीको स्याबासीले भोलिलाई आफू खरानी नहुने भए पनि फुरुङ्ग फुल्दै अर्केस्ट्राका अन्तर्निहित प्रस्फुटन यिनीहरूका पनि उच्चतम नादमा पुगेर आह्लादित हुन्छन् हृदयगगन ।

तृप्तता, लिप्तताको पुलकित भावातित तरङ्गमा सुरम्य हुँदा हुन् यिनका जीवन । साँच्चै यिनीहरूबाटै हामी केमा थियौं ? केबाट आयौँ भन्ने स्वतःस्फूर्त सम्झना हुन आउँछ । यस्तो हैसियत र स्थिति बुझाउने परम् कर्तव्य निभाइरहेकालाई अरू सबै खतबेखत एकातिर राखेर उचित ध्यान गर्नु आराधना गर्नु एक प्रकारको कर्तव्य हो ।

सिकायो जमानाले सिक्यो मनुष्यले जे जान्यो त्यै गर्यो । नसिकाएको भए जान्ने नै थिएन, कुरा यो प र्याे। गुरुले लघु पढाए खुरुखुरु भट्यायो । गुरु नै पढाउन बिर्से गुरुले त । फसाद यसैमा पन्यो भने कुन्नि कुनचाहिँ सायरले लेख्याथ्यो र कुनचाहिँले गाएथ्यो ‘जमाने ने जो दिया था बही गीतों मे दिया है इसपर भी जमानेको गिला है हम कुछ नही कहते हम कुछ नहीं कहते ।’ यस्तै-यस्तै दिइएकै यस्तै रहेछ र पो त्यसको प्रयोग उनीहरूले गरे। दिंदै नदिएको उनीहरूसँग कहाँ हुनु अनि कहाँ प्रयोग गर्नु। बुद्ध, गान्धी, अल्लाह, इशाह त उनीहरूलाई किस्साको रूपमा बताइएको थियो, त्यो पनि जिरो आवरमा । आखिर किस्सा त किस्सा हो, सुनिसकेपछि फुस्सा। यो फुस्साबाहेक बाँकी रहेको लड्‌का ट्राभल व्हेन हनुमान हो ।

०००
भ्रष्टाचारको भाङ (२०६५)

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
काउसो ब्रह्माण्ड

काउसो ब्रह्माण्ड

युवराज मैनाली
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x