साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चक्रव्यूह

लम्पसार छन् संकीर्णताका अवशेषहरु। "हामी एक हौं-एक हौं" मुखबाट त नारा लाउने तर छुद्र स्वार्थवश देखाउदैछौं छुछो प्रवृति यस्तोकि जसले लाजलाई पनि लाज आउने।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

आज हामी जब एउटा नयाँ युगमा
प्रवेशको तैयारीमा छौं,
मेरो मनमा उठेको छ प्रश्न
यतिबेला किन ?
हाम्रो देशको एकताप्रतिको वचनबद्धता
कर्कलाको पातको पानी जस्तै ढिलपिलाएको छ।
मूल्य मान्यता चौबाटोमा ल्याई
नांगेझार पारी उभ्याइएको छ।
अस्तित्व ओरालो र उकालो गर्दै
थाकेर थचक बसेको छ।
उडुस उपियाहरुले
स्वस्ती गर्दै ढुकुटी ज्यूनार गर्न भेटाएको छ।
स्वाभिमानको अभिमन्युलाई
चक्रव्यूहमा फसाइएको छ।
स्थिरतालाई धमिरा लागेको छ।
सदाचारलाई कदाचारले
आफ्नो कित्तामा घिच्याइरहेको छ।
सद्भावको भांडो भत्किएर
भाइचारा पोखिएको छ।
कहिले लाग्छ यस्तोकि
हामीले आफैले उमारेको काँडाले
हामीलाई घोचेको छ।
आफैले बुनेको जालमा हाम्रो जिन्दगी फसेको छ।
छाला हाड मासु र नशाहरू घाइते छन्
मात्र मुटु धड्किरहेको छ।))
विश्वासको च्यातिएको भांग्रो बोक्दाबोक्दै
सुखद कल्पनाको
नांगो आकाश ओढ्दाओढ्दै।
जताततै छरिएकाछन् विभेद र विद्वेषहरु
लम्पसार छन् संकीर्णताका अवशेषहरु।
“हामी एक हौं-एक हौं”
मुखबाट त नारा लाउने
तर छुद्र स्वार्थवश देखाउदैछौं
छुछो प्रवृति यस्तोकि जसले
लाजलाई पनि लाज आउने।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x