साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साधुलाई शूली, हाम्रो नेपालमा

आफू अग्लो देखिन, अर्काको गोडा भाँच्छ। आफ्नो लाज छोप्न, अर्काको धोती तान्छ। जे छ उसैको छ, हाम्रो नेपालमा, साधुलाई शूली, हाम्रो नेपालमा।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

ऊ आफै चोर छ,
अरुलाई चोर देख्छ ।
ऊ आफै ठग छ,
अरुलाई ठग देख्छ।

स्यालले कुखुरालाई झुक्याए जस्तै,
पूर्व देखाएर पश्चिमतिर खान्छ।
उत्तर देखाएर दक्षिणतिर खान्छ।

ऊ आफै झुट छ,
अरुलाई झुट देख्छ ।
ऊ आफै फरेबी छ,
अरुलाई फरेबी भन्छ।

चोरलाई चौतारीमा राखेर,
साधुलाई शूली ठोक्छ।
आफ्नो भकारी भर्न,
अरुको घाँटी रेट्छ ।

ऊ आफै हरामी छ,
अरुलाई हरामी देख्छ।
ऊ आफै नक्कली छ,
अरुलाई नक्कली भन्छ ।

ईमानीको ईख मार्न,
बेइमानीसँग घाँटी जोड्छ।
आफ्नो दूनो सोझ्यायाउन,
देशको धुरी भाँच्छ।

ऊ आफै झेली छ,
अरुलाई झेली देख्छ।
ऊ आफै घाती छ,
अरुलाई घाती देख्छ ।

आफू अग्लो देखिन,
अर्काको गोडा भाँच्छ।
आफ्नो लाज छोप्न,
अर्काको धोती तान्छ।

जे छ उसैको छ, हाम्रो नेपालमा,
साधुलाई शूली, हाम्रो नेपालमा।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x