साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्रम्पकाे टरटर

घर फिर्ता भएपछि साहु, आफन्त, इष्टमित्र बाबू आमाकाे ट्रम्पलाई माथ गराउने टरटर करकरले घरै पिँडालु बनै पिँडालु ससुराली गयो बारहातकाे पिँडालु भनेजस्तो त हुँदैन हाेलानी ? हुन्छ भने गलत पथ किन ? र कस्का लागि ?

Nepal Telecom ad

शेषराज भट्टराई :

टरटर त भ्यागुताले पनि गरिरहेको हुन्छ तर अहिले भ्यागुतालाई जित्ने गरेर नेताहरुले टरटर गरिरहेका छन् । अर्थाेक त केही हाेइन शान्त मानवलाई टरटरले टाउकाे करकर खान्छ। जहाँ जसरी जियपिए पनि मान्छेको आयुले थाम्ने भनेको त्यही असी नब्बे वर्ष मात्रै हाे । धेरै अजाेड बजाेड नगरीकन एउटै थलाेमा गलाे जाेतेर घर पाेतेर बसे पनि हुने हाे तर मानवकाे असन्तुष्टिले शिखर चुमेर त हाेला चन्द्रमातिर पनि फेराे मार्न पुगेका छन् । चन्द्रमा मेराे हाे भन्नेले अरु आएर अमेरिकामा अमनचयन गरेकोे गरेकाे देख्दा संकुचित ट्रम्प मनले कसरी मानेास् ती पनि मानव हुन भनेर कसरी जानाेस्र अनि गाेलीले नहानेर गुलेलीले हानाेस् ?

डाेनाल्ड ट्रम्प एउटा सिंगो जुझारु व्यक्तित्व जसलाई अमेरिकी नागरिकले दाेस्राे पटक राष्ट्रपतिमा वरण गरिसकेका छन् । संसारकाे ध्यान आफूतिर खिच्न उनलेे अनेक वितण्डाहरु मच्चाइ रहेका हुन्छन् । सायद उनले यस्तो उपद्राे नगरेकोभए मलाई पनि यो लेख लेख्ने जाँगर चल्ने थिएन । यस्ता मानवले निदाएको मान्छेलाई जगाउछन् र सहिसलामत हालतमा छैनन् भने भगाउछन् पनि । कुनै न कुनै अर्गेल्याई झिकेर आफ्नोे मातहत वा छरछिमेकहरुकाे सपना विथाेल्ने यिनको प्रमुख उधेश्य रहेको आकलन गर्न सकिन्छ ।

उनले एकपटक उत्तरकाेरियाकाे शासकलाई चकचके छाउरो भनेका थिए । उत्तरकाेरियालाई चिड्याउन उनलेे अनेक उपायकाे अवलम्बन गरे तर उत्तरकाेरिया टसकाेमस भएन । काेराेना भाइरसलाई चाइनिज भाइरस भनेर चिनलाई पनि जङ्ग्याएका थिए । युक्रेन रुस लडाइँकाे फाइदा स्वरुप युक्रेनी सम्पदामा अमेरिकी हकदावी कायम गराएरै छाेडे । यही तालले हाे भने अमेरिकी भाेटे कुकुरलाई मान्नैपर्छ । यसले अब अरु धेरै शिकार गर्नसक्ने हैसियत सुरक्षित गरेको छ ।

आफ्नोतर्फबाट अन्य देशमा डरलाग्दो गरि करकाे दर बढाए । चिनले यस्तो कदमकाे सजिलै सामना गर्दै भन्यो टिट् फाेर ट्याट अर्थात् जस्तालाई तेस्तै ढिंडालाई निस्तै । मेक्सिको, क्यानाडा, र आइसल्याण्डलाई त अब तुरुन्तै अमेरिकामा बिलिन हुन तयार हाै भनेर छिमेकी देशकाे केश समाए र रमाए पनि ।

अहिले आप्रवासीकाे धरपकडमा चारपाउ टेकेर लागिपरेका छन् । कतिपय नेपालीहरु पनि धरपकडकाे सिकार बने र पाउकडीसँगै नेपालीहरु बाऊकाे शरण परे अनि नेपाल फिर्ता भए र बाउकै बिर्तामा रमाउन थाले । अझ धेरै संख्यामा अझै धेरैलाई बाेरा बाेकाउदै नेपाल ल्याउदै छाेड्दै गरिरहेको छ। कतिपय नेपालीहरु लाजले मुख छाेपेर घुँक्कघुँक्क सुँक्कसुँक्ककाे भाकामा परेलीकाे डिल भत्काएर आँसु झारिरहेका थिए । बिचराहरुकाे जाेरजुलुम सबै स्वाहा हुँदा आँसुले निकाश त खाेज्नेनै भयो नि । त्यो ठाउँमा म भएकाेभए बाैलाउनु भन्दा मर्नु नै निकाे भनेर पिण्डपानीकाे जाेहाे गर्दै अर्कै बाटो लागिसकेको हुनेथिएँ, धन्न ती केही भन्न नसकेर राेएमात्रै ।

ट्रम्पले लस एन्जलस सहरमा आप्रवासीकाे खाेजी गर्न र तिनलाई निस्काशन हेतु दुई हजार भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेर धरपकड जारि राखेको छ। यहाँ ट्रम्पकाे विरुद्धमा आन्दोलन चर्किएको छ र त्यसलाई क्यालिफोर्नियाका मेयरले निर्दयी भनेर टिप्पणी गरेका छन् । ट्रम्पकाे शासन शैलीले धेरै नागरिकहरु वाक्क दिक्क छन् । हुनत नेपाल पनि नेपाली शासकसँग सन्तुष्ट छैनन् । चित्त नबुझेर अर्काकाे देशबाट असल शासक छानेर मानेर झिकाउने कुरा पनि भएन । किनकि यहाँ बाबु, छाेरा, नाति, पनातिले पनि भ्रष्टाचारको तालिम लिइरहेका छन् ।

ट्रम्पकाे शासनकालमा अहिलेसम्म एकसय चालिसभन्दा धेरै नेपालीहरु निस्कासनमा परेका छन् । अझ कति निस्कासनमा पर्ने हुन् यकिन छैन । एकजना नेपालीले कम्तीमा चालीस लाख खर्चिएर खुकुरीकाे धारमा टेक्दै अबैध बाटो हुँदै त्यहा पुगेका हुन्छन् । आकाशको फल आँखातरी मर भनेझैं दूरदराजकाे मिठाे फल ताक्दा ताक्दा नपाएपछि मनले दुख मान्याे तनले शास्ती अनि मेरो भनेर दाैडिदै ठिक्क छ ज्यानले कहिले भाेग्ने हाे मस्ती ?

घर फिर्ता भएपछि साहु, आफन्त, इष्टमित्र बाबू आमाकाे ट्रम्पलाई माथ गराउने टरटर करकरले घरै पिँडालु बनै पिँडालु ससुराली गयो बारहातकाे पिँडालु भनेजस्तो त हुँदैन हाेलानी ? हुन्छ भने गलत पथ किन ? र कस्का लागि ?

०००
फूलबारी ११ पाेखरा कास्की ।
फुन:- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अभाव

अभाव

शेषराज भट्टराई
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x